नेभिगेशन
सबै कुरा

आफूहरु माथिको पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

काठमाडाैँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त निर्णयििवरुद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दामा ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । 

Extreme Energy
citizen life

विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तीमा अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन भएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।’

त्यस्तै उक्त आदेशले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ।

‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’, विज्ञप्तीमा भनिएको छ । 

राज्यसँगका सहमति कार्यान्वयन गर्न अदालतले मद्दत गर्नुपर्ने समयमा अदालतले नै शान्ति भाँड्न सक्रिय बनेको पार्टीको आरोप छ  ।  

त्यस्तै पार्टीले प्रकाउपुर्जीविरुद्ध मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमको समेत घोषणा गरेको छ । जसअन्तर्गत नेकपाले १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने बताएको छ । 

जिल्ला अदालत, काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीलाई संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको ‘नीति मन्थन’ कार्यक्रम अपराह्न ३ बजेदेखि सुरु हुने

रास्वपाको ‘नीति मन्थन’ कार्यक्रम अपराह्न ३ बजेदेखि सुरु हुने

रास्वपाको ‘पार्टी–संसद्–सरकार समन्वय समिति’ले आयोजना गर्ने कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध विषयमा छलफल हुने महामन्त्री भूपदेव शाहले जानकारी दिए।
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबार साँझ ६ः०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको...
पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

तामाङले टिप्पणी गरेजस्तो रास्वपाले कार्यक्रम आयोजना गरेको उक्त हल फाइभ स्टार होटलको नभएको रास्वपाका ति नेताको भनाई छ । ‘कार्यक्रम आयोजना गरिएको ठाउँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल...