नेभिगेशन
सबै कुरा

आफूहरु माथिको पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा

काठमाडाैँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त निर्णयििवरुद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौँ जिल्ला अदालतले २०७६ पुसको मुद्दामा ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले विज्ञप्ती निकाल्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । 

Marvel
Extreme Energy

विप्लवको हस्ताक्षरमा जारी विज्ञप्तीमा अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन भएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।’

त्यस्तै उक्त आदेशले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ।

‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’, विज्ञप्तीमा भनिएको छ । 

राज्यसँगका सहमति कार्यान्वयन गर्न अदालतले मद्दत गर्नुपर्ने समयमा अदालतले नै शान्ति भाँड्न सक्रिय बनेको पार्टीको आरोप छ  ।  

त्यस्तै पार्टीले प्रकाउपुर्जीविरुद्ध मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमको समेत घोषणा गरेको छ । जसअन्तर्गत नेकपाले १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने बताएको छ । 

जिल्ला अदालत, काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामा साथै अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीलाई संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...