नेभिगेशन
समाज

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरेका हुन ।

Ncell
Extreme Energy

उनले भने, “ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,” ।

उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरुको सम्मेलन गर्नुपर्ने अवस्था रहेको धारणा व्यक्त गरे ।

संवादको सुरुआतमै पूर्वाधारविज्ञ एवम् पूर्वसचिव अर्जुनजङ्ग थापाले ठेक्का तोड्ने सरकारी नीति र त्यसको प्रभावका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ ।
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।