नेभिगेशन
सबै कुरा

आफ्नो काम नगरिदिएको झोंकमा वडाध्यक्षलाई भित्रै थुनेर उनकै घरमा आगो

धनकुटा : धनकुटाका एक युवकले आफ्नो काम वडाध्यक्षले नगरिदिएको झोंकमा वडाध्यक्षलाई नै उनकै घरभित्र थुनेर बाहिरबाट आगो लगाइदिएको खुलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार मध्यराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको थियो ।  डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईँको घरमा वडाध्यक्षसहित परिवारका सदस्यलाई भित्रै थुनेर आगो लगाइएको थियो ।

Ncell
Extreme Energy

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएपछि उनले छिमेकीलाई हारगुहार गरेपछि छिमेकीले उनको उद्धार गरेका थिए । 

घरमा आगो लगाएको आरोपमा धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएर उनीमाथि गरिएको प्रारम्भिक अनुसन्धानमा अधिकारीले आफ्नो काम नगरिदिएका कारण आफूले आगो लगाइदिएको बताएका छन्  ।

वडाध्यक्षले के काम नगरिदिएको लगायत विस्तृत विषमाथि अनुसन्धाान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...