नेभिगेशन
सबै कुरा

आफ्नो काम नगरिदिएको झोंकमा वडाध्यक्षलाई भित्रै थुनेर उनकै घरमा आगो

धनकुटा : धनकुटाका एक युवकले आफ्नो काम वडाध्यक्षले नगरिदिएको झोंकमा वडाध्यक्षलाई नै उनकै घरभित्र थुनेर बाहिरबाट आगो लगाइदिएको खुलेको छ ।

आइतबार मध्यराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको थियो ।  डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईँको घरमा वडाध्यक्षसहित परिवारका सदस्यलाई भित्रै थुनेर आगो लगाइएको थियो ।

CG

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएपछि उनले छिमेकीलाई हारगुहार गरेपछि छिमेकीले उनको उद्धार गरेका थिए । 

घरमा आगो लगाएको आरोपमा धनकुटा प्रहरीले  सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएर उनीमाथि गरिएको प्रारम्भिक अनुसन्धानमा अधिकारीले आफ्नो काम नगरिदिएका कारण आफूले आगो लगाइदिएको बताएका छन्  ।

वडाध्यक्षले के काम नगरिदिएको लगायत विस्तृत विषमाथि अनुसन्धाान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।