नेभिगेशन
समाज

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा बिहीबारको समय निर्धारण गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले एक सूचना प्रकाशन गरी बिहीबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जनाएको छ । आयोगमा एक सय राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन् । प्राप्त भएको आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

Ncell
Extreme Energy

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा दिएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

Screenshot-(133)-1765439024.png
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा मिलेर सरकार बनाउने अन्तिम तयारी जुटिरहँदा उनले राजीनामा दिएका हुन् । उनीहरु सहमतिलाई अन्तिम रुप दिने तयारीमा छन्...
डा.गोविन्द केसीसँग वार्ता गर्न शिक्षामन्त्रीले शिक्षासचिवलाई धनगढी पठाए

डा.गोविन्द केसीसँग वार्ता गर्न शिक्षामन्त्रीले शिक्षासचिवलाई धनगढी पठाए

शिक्षा तथा खेलकुद  मन्त्री पोखरेलले शुक्रबार साँझ डा। केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गाेविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।

भर्खरै