नेभिगेशन
समाज

लुम्बिनीमा विश्व शान्ति कार्यक्रमको आयोजन, विभिन्न देशका २५ अर्बपति सहभागी

काठमाडौँ । लुम्बिनीमा बिहीबारदेखि विश्व शान्ति कार्यक्रम सुरु भएको छ । लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा सुरुभएको कार्यक्रम तीनदिन सम्म कार्यक्रम चल्ने आयोजकले जानकारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमको पहिलो दिन बिहीबार इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरेका छन् । ताम्रतले भने, ‘विभिन्न देशबाट हामी आएका छौं, हामी सबैको चाहना नै शान्ति हो’ ।

Ncell
Extreme Energy

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १९ हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिएका थिए । भने अभिनेता राजेश हमाल, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झुले ‘किनोट स्पिच’ दिएका थिए ।

त्यस्तै, शनिबारसम्म हुने कार्यक्रममा विभिन्न देशका २५ अर्बपति सहभागी रहने आयोजकले जनाएको छ । नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको पनि सहभागिता जनाएका छन् ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस हुनेछ। स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजलाई पनि कार्यक्रममा समेटिने कार्यक्रम संयोजक शेखर गौतमले बताए ।

त्यस्तै, कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि सञ्चालन  हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।