नेभिगेशन
मुख्य समाचार

लुम्बिनीमा विश्व शान्ति कार्यक्रमको आयोजन, विभिन्न देशका २५ अर्बपति सहभागी

काठमाडौँ । लुम्बिनीमा बिहीबारदेखि विश्व शान्ति कार्यक्रम सुरु भएको छ । लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा सुरुभएको कार्यक्रम तीनदिन सम्म कार्यक्रम चल्ने आयोजकले जानकारी दिएको छ । 

कार्यक्रमको पहिलो दिन बिहीबार इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरेका छन् । ताम्रतले भने, ‘विभिन्न देशबाट हामी आएका छौं, हामी सबैको चाहना नै शान्ति हो’ ।

CG

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १९ हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिएका थिए । भने अभिनेता राजेश हमाल, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झुले ‘किनोट स्पिच’ दिएका थिए ।

त्यस्तै, शनिबारसम्म हुने कार्यक्रममा विभिन्न देशका २५ अर्बपति सहभागी रहने आयोजकले जनाएको छ । नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको पनि सहभागिता जनाएका छन् ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस हुनेछ। स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजलाई पनि कार्यक्रममा समेटिने कार्यक्रम संयोजक शेखर गौतमले बताए ।

त्यस्तै, कार्यक्रममा सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि सञ्चालन  हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपीएलः फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलः फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको...
निर्वाचन आउन ८३ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

निर्वाचन आउन ८३ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका

ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो । ब्याटरले  जिम्मेवारी नलिँदा खेल हार्नुपरेको...