नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशन नजिकिएसंगै कार्यक्रम स्थलमा आवश्यक तयारी तीव्र

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ ।

सल्लाघारी चौरमा मञ्च लगाएका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो । उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तिब्र पारिएको छ । यही मङ्सिर २७ गते सल्लाघरी चौरमा उद्घाटन सत्र सुरु गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको एमालेले जनाएको छ ।

CG

महाधिवेशनलाई सफल बनाउन आवश्यक सवै तयारी तीव्र ढंगले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रीक विधिबाट टुङ्गो लगाउने बताए । दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेताहरुसंग छलफल भइरहेको जिकिर गरे ।

राष्ट्रिय महाधिवेशन आउन केहि दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरु चहलपहल बाक्लो भएको छ ।  पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकताहरु समेत छलफलमा व्यस्त छन् । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन । कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले...
राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

राष्टिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

आइतबार सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे ।

भर्खरै