नेभिगेशन
समाज

एमाले महाधिवेशन नजिकिएसंगै कार्यक्रम स्थलमा आवश्यक तयारी तीव्र

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सल्लाघारी चौरमा मञ्च लगाएका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो । उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरुलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण कार्य तिब्र पारिएको छ । यही मङ्सिर २७ गते सल्लाघरी चौरमा उद्घाटन सत्र सुरु गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको एमालेले जनाएको छ ।

Ncell
Extreme Energy

महाधिवेशनलाई सफल बनाउन आवश्यक सवै तयारी तीव्र ढंगले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रीक विधिबाट टुङ्गो लगाउने बताए । दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेताहरुसंग छलफल भइरहेको जिकिर गरे ।

राष्ट्रिय महाधिवेशन आउन केहि दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरु चहलपहल बाक्लो भएको छ ।  पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकताहरु समेत छलफलमा व्यस्त छन् । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै