नेभिगेशन
मुख्य समाचार

जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेनजी समूहसंग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए । 

CG

बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधीबीच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार अख्तियारमा कार्यरत नेपाल न्यायसेवा कानून समूह राजपत्राङ्कीत प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको राजपत्राङ्कीत बिशिष्ठ श्रेणीको पदमा बढुवा नियुक्त गरि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए । 

त्यसैगरि प्रवक्ता खरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिको प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना...
जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको पधानमन्त्रीको सचिवालयले जानएको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू,...
एनपीएलः लुम्बिनीद्वारा विराटनगरलाई एक सय ३५ रनको लक्ष्य

एनपीएलः लुम्बिनीद्वारा विराटनगरलाई एक सय ३५ रनको लक्ष्य

दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित...
एनपीएलमा साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि...(तस्बिरहरु)

एनपीएलमा साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि...(तस्बिरहरु)

यस विषयलाई खेलप्रेमी तथा दर्शकहरुको भावनासंग आयोजकले खेलेको भन्दै आरोप लागेको छ । दर्शको उपस्थिति बढ्दै गइरहेका बेला आयोजकले कुनै पूर्व जानकारी बिना यसो गरिएको विषयको आलोचना भएको...