नेभिगेशन
समाज

जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जेनजी समूहसंग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए । 

Ncell
Extreme Energy

बैठकले प्रधानमन्त्री र जेनजी प्रतिनिधीबीच भएको सम्झौता बमोजिम जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 

त्यस्तै बैठकले न्याय सेवा आयोगको सिफारिस अनुसार अख्तियारमा कार्यरत नेपाल न्यायसेवा कानून समूह राजपत्राङ्कीत प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको राजपत्राङ्कीत बिशिष्ठ श्रेणीको पदमा बढुवा नियुक्त गरि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको उनले बताए । 

त्यसैगरि प्रवक्ता खरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिको प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।