नेभिगेशन
मुख्य समाचार

एनपीएलः लुम्बिनीद्वारा विराटनगरलाई एक सय ३५ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) लुम्बिनी लायन्सले विराटनगरलाई एक सय ३५ रनको लक्ष्य दिएको छ । लुम्बिनीले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको हो ।

दोस्रो क्वालिफायरअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ रोजेको छ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । यता लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो ।

CG

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । बिहीबारको खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यसअघि भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलको यात्रा तय गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना...
जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको पधानमन्त्रीको सचिवालयले जानएको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू,...
जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद्को निर्णय

जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद्को निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...
एनपीएलमा साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि...(तस्बिरहरु)

एनपीएलमा साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि...(तस्बिरहरु)

यस विषयलाई खेलप्रेमी तथा दर्शकहरुको भावनासंग आयोजकले खेलेको भन्दै आरोप लागेको छ । दर्शको उपस्थिति बढ्दै गइरहेका बेला आयोजकले कुनै पूर्व जानकारी बिना यसो गरिएको विषयको आलोचना भएको...