नेभिगेशन
समाज

ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले अब फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । यो सिजनमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ । गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो । ब्याटरले  जिम्मेवारी नलिँदा खेल हार्नुपरेको सञ्चारकर्मीसँगको प्रतिक्रियामा विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले बताए । लक्ष्य सहज रहेको भए पनि ब्याटरहरुले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरुले नै लिनुपर्ने उनको भनाइ थियो ।  

Ncell
Extreme Energy

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो । 

फाइनल पुगेपछि लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले लिग चरणबाटै सङ्घर्ष गरेर फाइनल पुगेको बताए । लिग चरणबाटै सबै खेल जित्नैपर्ने स्थितिबाट आएको उल्लेख गर्दै उनले अब फाइनल खेल जितेर च्याम्पियन बन्ने बताए । सुदूरपश्चिम र लुम्बिनीबीच फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।