नेभिगेशन
मुख्य समाचार

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा चन्द्रलाई काँस्य पदक

काठमाडौँ । दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।

सेमिफाइनलमा  उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा  काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित हुँदै  कास्य पदक जितेका हुन् ।

CG

प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरे । उनले भने, “जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ । ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई  धन्यवाद ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जति सफा गरेपनि उस्तै काठमाडौँ उपत्यकाका नदीहरूमा फोहोर (तस्विरहरु)

जति सफा गरेपनि उस्तै काठमाडौँ उपत्यकाका नदीहरूमा फोहोर (तस्विरहरु)

काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ। यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर...
ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३...
सुनको मूल्य तोलामा तीन हजार पाँच सयले वृद्धि

सुनको मूल्य तोलामा तीन हजार पाँच सयले वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५...
'एक्स्ट्रा अर्डिनरी' भिसामा धुर्मुसको सपरिवार अमेरिका सिफ्ट, नेपालमा बाँच्नसक्ने आधार नभेटेपछि यो निर्णय गर्यौँ: धुर्मुस

'एक्स्ट्रा अर्डिनरी' भिसामा धुर्मुसको सपरिवार अमेरिका सिफ्ट, नेपालमा बाँच्नसक्ने आधार नभेटेपछि यो निर्णय गर्यौँ: धुर्मुस

नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं...