नेभिगेशन
मुख्य समाचार

ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।

बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिए ।

CG

कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो । दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । घाइतेहरुको  चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पाल्पा जिप दुर्घटनाः तीन जनाको मृत्यु, आठ घाइते

पाल्पा जिप दुर्घटनाः तीन जनाको मृत्यु, आठ घाइते

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
चौथो पटक मन्त्रीपरिषद् विस्तार हुदैं, सपथ पनि आजै

चौथो पटक मन्त्रीपरिषद् विस्तार हुदैं, सपथ पनि आजै

प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेकी हुन । शुक्रबार प्रधानमन्त्री कार्कीले गर्न लागेको मन्त्रीमण्डल विस्तारको सूचिमा चार जनाको नाम सिफारिस गर्न लागिएको हो । जसमा श्रद्धा...
जति सफा गरेपनि उस्तै काठमाडौँ उपत्यकाका नदीहरूमा फोहोर (तस्विरहरु)

जति सफा गरेपनि उस्तै काठमाडौँ उपत्यकाका नदीहरूमा फोहोर (तस्विरहरु)

काठमाडौँ उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ। यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर...
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा चन्द्रलाई काँस्य पदक

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा चन्द्रलाई काँस्य पदक

सेमिफाइनलमा  उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने...