नेभिगेशन
मुख्य समाचार

चौथो पटक मन्त्रीपरिषद् विस्तार हुदैं, सपथ पनि आजै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् ।

प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेकी हुन । शुक्रबार प्रधानमन्त्री कार्कीले गर्न लागेको मन्त्रीमण्डल विस्तारको सूचिमा चार जनाको नाम सिफारिस गर्न लागिएको हो । जसमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम मन्त्रीमण्डल विस्तारको सूचिमा परेका छन् ।

CG

यसअघि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रायलको जिम्मेवारी दिन लागिएको हो । वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईँको नाम चर्चामा छ । उनी संगीतकार तथा लेखक पनि हुन । त्यस्तै, श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका राजेन्द्रसिंह भण्डरी पूर्व एआईजी हुन । भने, शिक्षा क्षेत्रमा निकै लामो अनुभव बटुलेका कुमार इङ्नाम भूमि मन्त्रीमा सिफारिस गर्न लागिएको हो । उनी काठमाडौँ स्कुल अफ ल का प्रोफेसर समेत हुन । 

मन्त्रीमा सिफारिस हुने चार जनै मन्त्रीहरुलाई शुक्रबारनै पदत तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको स्रोतले बताएको छ । बिहीबार मात्रै शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार बारे राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको बिकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन...
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी...
एपीएफद्वारा पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा

एपीएफद्वारा पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा

सवै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रहि अन्य सुरक्षानिकायसंग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा...
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेः सञ्चारमन्त्री खरेल

हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेः सञ्चारमन्त्री खरेल

राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा...