नेभिगेशन
समाज

चौथो पटक मन्त्रीपरिषद् विस्तार हुदैं, सपथ पनि आजै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेकी हुन । शुक्रबार प्रधानमन्त्री कार्कीले गर्न लागेको मन्त्रीमण्डल विस्तारको सूचिमा चार जनाको नाम सिफारिस गर्न लागिएको हो । जसमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम मन्त्रीमण्डल विस्तारको सूचिमा परेका छन् ।

Ncell
Extreme Energy

यसअघि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रायलको जिम्मेवारी दिन लागिएको हो । वन तथा वातावरण मन्त्रीमा माधव चौलागाईँको नाम चर्चामा छ । उनी संगीतकार तथा लेखक पनि हुन । त्यस्तै, श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका राजेन्द्रसिंह भण्डरी पूर्व एआईजी हुन । भने, शिक्षा क्षेत्रमा निकै लामो अनुभव बटुलेका कुमार इङ्नाम भूमि मन्त्रीमा सिफारिस गर्न लागिएको हो । उनी काठमाडौँ स्कुल अफ ल का प्रोफेसर समेत हुन । 

मन्त्रीमा सिफारिस हुने चार जनै मन्त्रीहरुलाई शुक्रबारनै पदत तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको स्रोतले बताएको छ । बिहीबार मात्रै शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार बारे राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन प्रस्ताव गरिएको छ ।  ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा...