नेभिगेशन
समाज

हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन् । साथै उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताए ।

Ncell
Extreme Energy

“अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्”, सरकारका प्रवक्ता खरेलले भने, “हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यसपटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निःस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।”

उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । । उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गरेका थिए । मन्त्री खरेलले भने, “अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ ।”

मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलको महाधिवेशनमा कति युवा आउँछन् ? आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् ? भन्ने प्रश्नले ती दल कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उनले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै उनले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभाका सदस्य एवं जनसङ्ख्या एवं विकासका लागि संसदीय सञ्जालका महासचिव गङ्गाकुमारी बेलवसेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मनिता श्रेष्ठले शिक्षाका माध्यमबाट दक्ष जनशक्ति निर्माण शुक्रबारको आवश्यकता भएको बताए ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताबारेको संवादलाई निरन्तरता दिन अत्यावश्यक भएको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोस रहेछ भन्ने बुझेर सामग्रीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन प्रस्ताव गरिएको छ ।  ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा...