नेभिगेशन
समाज

एपीएफद्वारा पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सवै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रहि अन्य सुरक्षानिकायसंग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने लगाएत नीतिमा उल्लेख छ ।

Ncell
Extreme Energy

त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरु अंकीत गरि प्रभावबारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।

उनले निर्वाचनको एकमहिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए । त्यस्तैगरि क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधानका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा  गरेका कामका बारेमा समेत जानकारी गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन प्रस्ताव गरिएको छ ।  ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा...