नेभिगेशन
मुख्य समाचार

एपीएफद्वारा पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

सवै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रहि अन्य सुरक्षानिकायसंग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिने लगाएत नीतिमा उल्लेख छ ।

CG

त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरु अंकीत गरि प्रभावबारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।

उनले निर्वाचनको एकमहिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए । त्यस्तैगरि क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधानका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा  गरेका कामका बारेमा समेत जानकारी गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

यसअघि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रायलको जिम्मेवारी दिइएको छ । संगीतकार तथा लेखक माधव चौलागाईँलाई वन तथा वातावरण, पूर्व एआईजी...
निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको बिकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन...
चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने

बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो–कक्षमा सञ्चालन हुने उपग्रहहरूको १६औँ समूह बोकेको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू तोकिएको कक्षामा सुरक्षित रूपमा प्रवेश गरेका छन् । यी...