नेभिगेशन
मुख्य समाचार

निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्ननिर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको बिकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका हुन ।

CG

बिभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए । उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए । कार्यक्रममा सेनानी सङ्घका पदाधिकारीले बिभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले माग पुरा गर्न आफुसंग कार्यकारी अधिकार नरहेपनि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने

एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने

शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति...
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ(तस्बिरहरु)

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ(तस्बिरहरु)

शुक्रबार सितल निवासमा आयोजना गरिएको एक कार्यक्रमका विच मन्त्रीहरु श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई...
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

यसअघि नेपाल पर्यटन बोर्डमा कार्यरत श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रायलको जिम्मेवारी दिइएको छ । संगीतकार तथा लेखक माधव चौलागाईँलाई वन तथा वातावरण, पूर्व एआईजी...