नेभिगेशन
समाज

निर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गर्दै विद्यमान अवस्थालाई निकास दिन आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्ननिर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको बिकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताएका हुन ।

Ncell
Extreme Energy

बिभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उनले बताए । उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए । कार्यक्रममा सेनानी सङ्घका पदाधिकारीले बिभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेलले माग पुरा गर्न आफुसंग कार्यकारी अधिकार नरहेपनि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन प्रस्ताव गरिएको छ ।  ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा...