नेभिगेशन
मुख्य समाचार

एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने

काठमाडौँ । नेकपा (एमाले)ले शनिबारबाट सुरु हुने पार्टीको ११औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

CG

महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए । भट्टराईले कोटेश्वरतर्फबाट आउने गाडीलाई गठ्ठाघरमा रोकिने र त्यहाबाट र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको र पूर्वतर्फबाट आउने गाडीलाई जगातीमा रोकेर र्यालीसहित महाधिवेशनस्थलमा आउने व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरेका छन् । भट्टराईले पार्टी र व्यवस्थामाथि धावा बोलिरहेको बेला पार्टीको महाधिवेशन एकढिक्का भएर चूनौतिको सामना गर्न अघि बढ्ने स्पष्ट पारे ।

एमालेको महाधिवेशनको उद्घाटन मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारी चौरमा हुने छ भने बन्दसत्र भने राष्ट्रिय सभागृहमा हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”...
किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।
महिलामन्त्री श्रद्धा श्रेष्ठद्वारा पदभार ग्रहण, के गरिन् पहिलो निर्णय ?

महिलामन्त्री श्रद्धा श्रेष्ठद्वारा पदभार ग्रहण, के गरिन् पहिलो निर्णय ?

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले तयार...