नेभिगेशन
समाज

एमालेको ११औँ महाधिवेशनको तयारी पूरा, तीन लाख जनाको उपस्थिति रहने

काठमाडौँ । नेकपा (एमाले)ले शनिबारबाट सुरु हुने पार्टीको ११औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

Ncell
Extreme Energy

महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए । भट्टराईले कोटेश्वरतर्फबाट आउने गाडीलाई गठ्ठाघरमा रोकिने र त्यहाबाट र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको र पूर्वतर्फबाट आउने गाडीलाई जगातीमा रोकेर र्यालीसहित महाधिवेशनस्थलमा आउने व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरेका छन् । भट्टराईले पार्टी र व्यवस्थामाथि धावा बोलिरहेको बेला पार्टीको महाधिवेशन एकढिक्का भएर चूनौतिको सामना गर्न अघि बढ्ने स्पष्ट पारे ।

एमालेको महाधिवेशनको उद्घाटन मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारी चौरमा हुने छ भने बन्दसत्र भने राष्ट्रिय सभागृहमा हुने एमालेले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

कांग्रेसले आफ्नै कार्यकर्तालाई दियो कारबाहीको चेतावनी

समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बरमा आए ८८ हजार पर्यटक, सबैभन्दा बढी सार्क मुलुकका

सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको यही महिनाको तुलनामा करिव १० हजारले...
संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संसद्का दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

संघीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।
बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

बुहप्रतीक्षित संघीय निजामती सेवा विधेयकमा के छ ? (पूर्णपाठ)

विधेयकमा ३० वर्ष सेवा अवधि पुगेका र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन प्रस्ताव गरिएको छ ।  ५५ वर्षमा अवकाश दिइने कर्मचारीलाई ५८ वर्ष सेवा...