नेभिगेशन
मुख्य समाचार

महिलामन्त्री श्रद्धा श्रेष्ठद्वारा पदभार ग्रहण, के गरिन् पहिलो निर्णय ?

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । 

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘राष्ट्रिय लैङ्गिक परिक्षण कार्यविधि-२०८२’ को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन् । 

CG

नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धकसमेत रहनुभएकी मन्त्री श्रेष्ठले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी हुन् । उनी संयुक्त राष्ट्रसङ्घको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी)की राष्ट्रिय परियोजना संयोजकसमेत थिइन्।

Shraddha-shrestha_sidhakura-3-1765543482.jpg

Shraddha-shrestha_sidhakura-2-1765543482.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”...