नेभिगेशन
मुख्य समाचार

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । 

पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए । 

CG

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।” उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ ।  दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए । 

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन्। अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय भएका उनले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...
वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।