नेभिगेशन
मुख्य समाचार

वनमन्त्री माधव चौलागाईंद्वारा पदबहाली, यस्ता छन् आगामी योजना

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चूनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका छन् । 

शुक्रबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै वर्तमान सरकारको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताएका हुन् । 

CG

उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए । 

त्यस्तै मन्त्री चौलागाईंले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए । 

वन तथा वातावरणको क्षेत्रमा पर्ने वन संरक्षण, जलवायु परिवर्तन लगाएतका मुद्दालाई छोटो समयमा स्थापीत गर्ने उनको भनाइ छ । उनले सरकारले तोकेको निर्वाचन सफल पार्न पनि भूमिका खेल्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका...
प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु छ : नवनियुक्त श्रममन्त्री भण्डारी

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।”...
किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँः नवनियुक्त भूमिमन्त्री इङ्नाम

“नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छौँ”, उनले भने ।