नेभिगेशन
समाज

एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हालेका छन् । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको रहेको छ ।

Ncell
Extreme Energy

रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । 

लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो । 

जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन् ।  लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण रहेको छ । जसले जित हात पार्‍यो । त्यसले खेल मात्रै जित्ने छैन । च्याम्पियन बन्दै इतिहास लेखाउने छ । 

इतिहास लेखाउनका लागि दुवै टोली एक जित मात्रै पछाडि छन् ।  रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताएका छन् । उनले भने, “गत वर्ष फाइनलनमा चुकेका हौँ । सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो ।”

लायन्सका कप्तान पौडेलले आफूहरू च्याम्पियन बन्नका लागि सबै पक्षबाट तयार रहेको बताएका छन् । उनले भने, “हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ । हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ ।”

रोयल्समा प्रभाव पार्न सक्ने खेलाडी

सुदूरपश्चिम रोयल्समा बलर अभिनाश बोहरा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा रहेका छन् । जुन उनको हालसम्मको प्रदर्शनले देखाएको छ । जारी सिजनमा भएका आठ खेलमा उनले १६ विकेट लिँदै सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा छन् । उनलाई खास गरेर ‘डेथ ओभर स्पेसलिस्ट’ भनेर चिनिन्छ । 

विदेशी खेलाडी हर्मित सिंह रोयल्सका लागि लयमा देखिएका खेलाडी हुन् । अलराउन्डर खेलाडी सिंहले हालसम्म १२ विकेट लिएका छन् । उनी उत्कृष्ट बलरको छैटौँ नम्बरमा छन् । उनले ब्याटिङबाट एक अर्धशतकसहित १२३ रन जोडिसकेका छन् । एक खेलमा उत्कृष्ट खेलाडीसमेत भए । 

रोयल्सलाई फाइनल पुर्‍याउन ओपनर ब्याटर विनोद भण्डारीको भूमिका महत्वपूर्ण छ । उनी सर्वाधिक रनकर्ता सूचीमा दोस्रो नम्बरमा छन् । भण्डारीले आठ खेलबाट २६४ रन बनाएका छन् । जसमा दुई अर्धशतक रहेका छन् । उनी यो संस्करणमा दुई पटक प्लेयर अफ द म्याचसमेत भएका छन् । 

कप्तान ऐरी प्रभाव पार्न सक्ने खेलाडी हुन् । उनी सबै पक्षबाट अब्बल मानिन्छन् । उनले हालसम्म बलिङमा आठ विकेट र ब्याटिङमा १४९ रन जोडिसकेका छन् । एउटा खेलमा प्लेयर अफ द म्याचसमेत घोषित भए ।  स्कट कुग्गेलेइजनप नि बलिङबाट राम्रो प्रभाव पार्न सक्छन् । ओपनर बलरको भूमिकामा रहेको उनले हालसम्म १० विकेट हात पारेका छन् । 

लायन्सका प्रभाव पार्न सक्ने खेलाडी

कप्तान पौडेल लुम्बिनीका लागि सबैभन्दा लयमा देखिएका छन् । उनले ब्याट बल दुवै क्षेत्रबाट राम्रो गरेका छन् । उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो नम्बरमा छन् । उनले नौ खेलबाट २६० रन जोडेका छन् । उनी दुई खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका हुन् ।

सर्वाधिक रनकर्ताको पाँचौँ नम्बरमा रहेका लुम्बिनीका विदेशी खेलाडी डार्सी सर्ट लयमा रहेका छन् । उनले नौ खेलबाट २४२ रन जोडेका छन् । जसमा एउटा अर्धशतक पनि छ । युवा बलर शेर मल्लले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका छन् । सर्वाधिक  विकेटकर्ताको तेस्रो नम्बरमा रहेका उनले नौ खेलबाट १४ विकेट चट्काएका छन् । उनी दुई खेलमा म्याच वीनर बन्दै प्लेयर अफ द म्याचसमेत चुनिए ।

उत्कृष्ट बलरको छैटौँ नम्बरमा रहेका रुबेल ट्रम्पेलम्यान नौ खेलबाट १२ विकेट हात पारेका छन् । उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले ब्याटबाट ६५ रन हिर्काएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । एनपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथोले रु १५ लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

नेकपा एमालेले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न नेकपासँग मिल्नुपरेको जिकिर गरेको छ ।
फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

क्याप्टेन रामेश्वर थापाको घरमा नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर भोलिपल्ट बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भन्दै थिए– किन सुर्ता...
नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको...
साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

मन्त्रिपरिषदको निर्णय अनुसार साउन ४ गते, सरकारले राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । स्वकीय सचिवको योग्यता र उनीहरुले पाउने सुविधा पनि तोकेको छ । स्वकीय सचिवको न्यूनतम शैक्षिक...