नेभिगेशन
समाज

एमाले महाधिवेशन सुरु, कस्ताे छ व्यवस्थापन ? (तस्बिरहरु)

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । अहिले महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ता सभास्थलमा पुगेका छन् । 
बिहानैदेखि सहभागीहरूको भीड बाक्लो हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

0e1734ad-439b-4558-a7b5-6f72aaa21b47-1765611558.jpeg
 

Ncell
Extreme Energy

अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलमा पुगेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्दै छन् ।  पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराइएको छ । 

1158fe2d-f4ea-4f16-9fe8-e27c4f01e4c0-1765611560.jpeg
 

दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ 

    महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए । 

    उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए । सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए ।

    सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए ।

५० भन्दा बढी सिसी क्यामरा 

    उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । 

यस्तो रहनेछ उपस्थिति 

    महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिँदै  महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताउनुभयो । 

    उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ पार्टीका अध्यक्ष एवं नेताले शुभकामना दिने कार्यतालिका तय भएको जानकारी दिँदै उहाँले उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिनुभयो । 

649338b9-9de6-49c9-ac1b-c21ba5ffa594-1765611572.jpeg

a1e4a9cb-732c-44a3-b59c-3ba20df3d2b1-1765611574.jpeg

ed4f469f-f3f1-4be1-b995-718b3255f3a9-1765611576.jpeg

    त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ का जनसङ्गठनहरूको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ककड्रेसकोडमा खटिएको जानकारी दिनुभयो । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । 
    
    एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागीहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् । 

    टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुई वटा एलइडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ । 

1ac44e93-9a94-413e-9bf0-bb8e3186a8d9-1765611557.jpeg
 

यस्तो छ पार्किङको व्यवस्था
 
    महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हँुदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको जानकारी दिँदै गठ्ठाघर र जगातीबाट भव्य ¥याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न कांग्रेसको माग

मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न कांग्रेसको माग

बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताए।
हेलो सरकारमा गुनासोको बाढी, धमाधम सम्बोधन

हेलो सरकारमा गुनासोको बाढी, धमाधम सम्बोधन

हेलो सरकार कार्यक्रमको सुरुवातदेखि गएको वैशाखसम्म ९७ हजार ५ सय ३६ जनाका गुनासो दर्ता भएका छन् । जसमा ५८ हजार २ सय २ जनाले गरेका गुनासोको सम्बोधन भइसकेका...
यूएफसी छनोट: फिलिपिन्सका अलिन्टोजोनलाई नकआउट गर्दै  रविन्द्रको विजयी सुरुवात

यूएफसी छनोट: फिलिपिन्सका अलिन्टोजोनलाई नकआउट गर्दै रविन्द्रको विजयी सुरुवात

बिहीबार भएको आफ्नो पहिलो प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन्। मकाउको ग्यालेक्सी एरेनामा भएको खेलमा ढाँटले प्रतिस्पर्धाको पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धि रहेका फिलिपिन्सका अलिन्टोजोनलाई नकाउट हानेका हुन्।
एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने टोलीको विदाई

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली उत्साहित रहेकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे ।