नेभिगेशन
समाज

एमाले महाधिवेशन बन्दसत्र ३ बजेदेखि सुरु हुने, यस्तो बन्दैछ केन्द्रीकमिटि

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय पुनः सारिएको छ । काठमाडौँको भृकुटीमण्डपमा आइतबार बिहानैदेखि सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र दिउँसो तीन बजेलाई सारिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याउदै केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरेको जनाइएको छ ।

Ncell
Extreme Energy

पदाधिकारीमा सबै पहिलेकै हुने थप सचिवालय पदाधिकारहरु १९ जना थपिने र त्यसमा अध्यक्ष एकजना उपाध्यक्ष पाच जना ९ जना सचिवालय सदस्य रहने भन्दै केपि शर्मा ओलि बाट केन्द्रीय बैठक समापन भएको छ ।

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको हो ।

जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो ।

त्यस्तै, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्सीय रहने निर्णय आजको बैठकले गरेको हो । विधान महाधिवेशनको निर्णय उल्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका हुन् ।

यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्द सत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने जनाइएको छ । त्यस्तै, महाधिवेशन सहभागि दुई हजार दुई सय ६२ जनाको मतादाता नामावली समेत सार्बजनिक गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम...

भर्खरै