नेभिगेशन
समाज

सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगायाे: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सेवा दिवसका अवसरमा संघीय संसद सचिवालय सिंहदरबारमा आइतबार आयोजना गरिएको कार्यक्रममा सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते संसद भवनमा आक्रमण गरि ध्वस्त पार्ने काम भएको र भाद्र २७ गते संसद्लाई नै विघटन गर्नुको सोझो सान्दर्भिकता नरहेको भन्दै संसदीय व्यवस्थामाथिको प्रहार भएको बताए । 

Ncell
Extreme Energy

पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिहेको उनले बताए । सभामुख घिमिरेले संसद् सरकारको अधिनमा रहने कुनै एउटा शाखा नभएको भन्दै स्वायत्त व्यवस्थापिकामाथि आँच आउने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत समेत गराए । उनले संसद कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए राज्य असफल हुने बताए । 

संसद बिघटनको मुद्दामा अदालतले समयमा नै न्याय निरुपण गर्ने उनको विश्वास छ । उनले राजनीतिक उतारचढावकाबीच संसद सचिवालयका कर्मचारीहरुले निष्पक्ष रुपमा आफ्नो पेशागत धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम...

भर्खरै