नेभिगेशन
समाज

पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार परिवारमा खानेपानी पुर्‍याइएको छ । योसँगै आयोजनाबाट यहाँका ३१ हजार नागरिक लाभान्वित हुनेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो । निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

गत वर्षको असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनेपछि आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए ।

साथै सुनकोशी नदीस्थित स्रोतबाट पानी ल्याएर पाँचखाल–९ डाँडागाउँस्थित ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा पानी सङ्कलन गरी परीक्षण सकेर औपचारिक रूपमा लक्षित बस्तीसम्म वितरण गरिएको उनले जानकारी दिए ।

“थपिएकासमेत केही परिवारमा पानी पुर्‍याउन थप अनुसन्धान भइरहेको छ, आयोजना अन्तिम चरणमा पुगेकाले पुस दोस्रो सातासम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौँ”, लामिछानेले भने । उनका अनुसार स्रोतबाट पूर्ण क्षमतामा प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याइ  उपभोक्ताका घरमा पानी पठाइएको छ ।

उपभोक्ता समितिले गत वर्षको असोजमा पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले मुहान क्षेत्रमा डुबान गर्नुका साथै करिब ७५ मिटर घेरा तथा पर्खाल भत्काएको, ४८ स्थानमा वितरण पाइप तथा केही संरचनामा रु एक करोड ७० लाख क्षति पुर्‍याएपछि योजना असफल भएको थियो ।

दातृ निकायसँगको समन्वयमा समयावधि थप्दै आयोजना सफल बनाइएकामा समितिले औपचारिक रूपमा उद्घाटन गर्न भने बाँकी रहेको जनाएको छ ।

आयोजनाको कार्य अन्तिम चरणमा पुगेसँगै प्रतिघण्टा तीन लाख दुई हजार ४०० पानी सहज रूपमा तान्न सकिने समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ ।

आयोजनाअन्तर्गत भौतिकतर्फ सुनकोसी नदी किनारमा छ वटा इनार, चार/चार लाख लिटर क्षमताका दुई वटा पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, १० वटा नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ वटा पाले घर निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै, पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रसारण लाइन, ३७ किमी शाखा प्रसारण लाइनमध्ये ३५ किमी, २३० किमी वितरण पाइप लाइनमध्ये २२० किमीको काम सम्पन्न भएको समितिले जनाएको छ । हाल कूल छ हजार ३७ धारा सञ्चालनमा आएका छन् ।

सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नेगरी विसं २०७७ असार १५ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढी तथा गत असोजको बाढीपहिरोका कारण पूर्वाधारमा क्षति पुर्‍याएपछि लम्बिएको हो ।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको समितिका अध्यक्ष लामिछानेले बताए ।

उनका अनुसार रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरका ३१ हजार ४१५ जना नागरिक लाभान्वित भएका हुन् ।

दैनिक प्रतिव्यक्ति १९२ दशमलव शून्य पाँच लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको आयोजना कार्यालयले जनाएको छ । यस आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने प्रक्षेपण गरिएको हो ।

सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारसहित उपभोक्ताको पाँच प्रतिशत परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका हुन् । त्यस्तै, आयोजनाका लागि सम्झौता अनुसार २१४ विपन्न वर्गका उपभोक्ताले भने स्थानीय सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

एमालेले भन्यो– कांग्रेसको दिशाहीन नीतिको अलमल चिर्न नेकपासँग मिल्नुपर्‍यो

नेकपा एमालेले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्न नेकपासँग मिल्नुपरेको जिकिर गरेको छ ।
फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

फेरि स्वर्गनर्कको यात्रामा ओली–प्रचण्ड

क्याप्टेन रामेश्वर थापाको घरमा नेपाली कांग्रेससँग ७ बुँदे सहमति गरेर भोलिपल्ट बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भन्दै थिए– किन सुर्ता...
नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचनाको काम सुरु, दशैँअघि सम्पन्न गर्ने लक्ष्य

गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको...
साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

साढे २ अर्बका स्वकीयः सांसदलाई स्वकीय सचिव ठिक कि बेठिक ?

मन्त्रिपरिषदको निर्णय अनुसार साउन ४ गते, सरकारले राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ । स्वकीय सचिवको योग्यता र उनीहरुले पाउने सुविधा पनि तोकेको छ । स्वकीय सचिवको न्यूनतम शैक्षिक...