नेभिगेशन
समाज

सम्पूर्ण ध्यान निर्वाचन तर्फ केन्द्रित गर्न सरकारलाई राष्ट्रपति पौडेलको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएका हुन । उनले आगामी चुनावलाई प्रभावित नुहने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए । राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

Ncell
Extreme Energy

सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम...

भर्खरै