नेभिगेशन
सबै कुरा

उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या, धमनीमा एन्जियोप्लास्टी सर्जरी गरियो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । मुटुमा फेरि समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र भर्ना भएका श्रेष्ठको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जियोप्लास्टी सर्जरी गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डा.अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी अहिले आईसीयूमा उपचाररत रहेका श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गत कात्तिक १ मा चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयघात भएको थियो । उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।