नेभिगेशन
मुख्य समाचार

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका दुई सय २५ जना नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन् ।

CG

हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८९ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार...
एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

दुवै प्यानलका पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराइरहेका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता...
ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर...
एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३ः३० बजेभित्र उम्मेदवारी दर्ता...