नेभिगेशन
मुख्य समाचार

पासोमा परेको चितुवाको उद्धार गरिदैं

बैतडी । बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । बैतडीको सिगास गाउँपालिका–२  धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।

स्थानीयले थापेको पासोमा अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गए राति नै चितुवा पासोमा परेको सोमबार बिहान मात्रै जानकारी आएको उनले बताए । अहिले सवडिभिजन वन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ ।

CG

अगाडिको पट्टीको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार...
एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

दुवै प्यानलका पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराइरहेका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता...
ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर...
एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३ः३० बजेभित्र उम्मेदवारी दर्ता...