नेभिगेशन
मुख्य समाचार

कतारलाई उपहार दिन लागिएको हात्तीको बासस्थलबाट बिदाइ

काठमाडौँ । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थीत बसोबासस्थलबाट बिदाइ गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई सोमबार विदाई गरेको हो । आगामी पुस २ गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ । 

CG

हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । खगेन्द्रप्रसाद र रूद्रकलीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पुराइने र पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए । 

विदाई कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसारसामू चिनाउन हात्ती उपहारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए । कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन् । विसं २०८१ बैंशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बैंकका कर्मचारीमाथि निर्घात कुटपिट, दोषीउपर कडा कारबाहीको माग गर्दै सिबिफिनद्वारा विज्ञप्ति जारी

बैंकका कर्मचारीमाथि निर्घात कुटपिट, दोषीउपर कडा कारबाहीको माग गर्दै सिबिफिनद्वारा विज्ञप्ति जारी

बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसो...
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार...
एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

एमालेको भावी अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले दिए उम्मेदवारी

दुवै प्यानलका पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराइरहेका छन् । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता...
ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

ज्योति विकास बैंकका कर्मचारीलाई उपमेयरकै परिवारबाट कुटपिट गर्दै मोसो दलेर जुत्ताको माला

सप्तकोशी नगरपालिका ७ का अध्यक्ष  जितन चौधरीले ओद्राह भन्ने गाउँमा सो घटना भएको आफूले थाहा पाएको सिधाकुरालाई बताए । उनकाअनुसार बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरिएको घर परिवार नगरपालिकाकी उपमेयर...