नेभिगेशन
समाज

एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले  उम्मेदवारी दर्ता गराउनेक्रम अन्तिम चरणमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३ः३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ९ः३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरुभएपछि संशोधनसहित सोमबार दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ ।

उनले भने, “उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढङ्गबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ । साथीहरु उत्साहित् भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ ।”

नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु १० हजार र केन्द्रीय सदस्यका लागि रु पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने रु १०० तोकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै