नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशनः उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले  उम्मेदवारी दर्ता गराउनेक्रम अन्तिम चरणमा पुगेको छ ।

भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरु व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३ः३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

CG

उनका अनुसार निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ९ः३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरुभएपछि संशोधनसहित सोमबार दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ ।

उनले भने, “उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढङ्गबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ । साथीहरु उत्साहित् भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ ।”

नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु १० हजार र केन्द्रीय सदस्यका लागि रु पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने रु १०० तोकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...
सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक...
भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित)

भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित)

तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । भिजिट भिसा प्रकरणमा तिवारीलाई अख्तियारले २ पटकसम्म बयान लिएको थियो ।  अख्तियारले अनुसन्धानमै रहेको...
बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी,  दोषीलाई कडा कारबाहीको माग

बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी, दोषीलाई कडा कारबाहीको माग

बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसो...

भर्खरै