नेभिगेशन
मुख्य समाचार

बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी, दोषीलाई कडा कारबाहीको माग

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति दोषीमाथि कडा कारबाहीको माग गर्दै बैंकरहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालले विज्ञप्ति जारी गरेको छ ।

बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसो समेत दलेका थिए ।

CG

सो घटनाको विषयलाई लिएर सोमबार दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नु पर्ने माग सहित सिबिफिनले दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

बैंकद्वारा प्रवाहित कर्जाको किस्ता समस्या समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुमाथि स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले कब्जामा लिइ उल्टै बैंककै कर्मचारीमाथि गरिएको दुव्र्यवहारप्रति सिबिफिनले आपत्ति जनाएको हो ।

त्यस्तै सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकका कर्मचारीमाथि गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको घोर भर्त्सना गर्दै उक्त घटनामा स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनद्वारा कडा आपत्ति प्रकट गर्दछ’ ।

Screenshot-(64)-1765796055.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...
सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक...

भर्खरै