नेभिगेशन
समाज

बैंकका कर्मचारी कुटिएको विषयमा सिबिफिनद्वारा विज्ञप्ति जारी, दोषीलाई कडा कारबाहीको माग

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति दोषीमाथि कडा कारबाहीको माग गर्दै बैंकरहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालले विज्ञप्ति जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसो समेत दलेका थिए ।

Ncell
Extreme Energy

सो घटनाको विषयलाई लिएर सोमबार दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नु पर्ने माग सहित सिबिफिनले दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

बैंकद्वारा प्रवाहित कर्जाको किस्ता समस्या समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुमाथि स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले कब्जामा लिइ उल्टै बैंककै कर्मचारीमाथि गरिएको दुव्र्यवहारप्रति सिबिफिनले आपत्ति जनाएको हो ।

त्यस्तै सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकका कर्मचारीमाथि गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको घोर भर्त्सना गर्दै उक्त घटनामा स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनद्वारा कडा आपत्ति प्रकट गर्दछ’ ।

Screenshot-(64)-1765796055.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी हुने, अन्तर मन्त्रालय सरुवा रोकिने

सरकारले अब हरेक मन्त्रालयको आफ्नै विशेषज्ञ कर्मचारी प्रणाली विकास गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् ।
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।