नेभिगेशन
मुख्य समाचार

भिजिट भिसामा अख्तियारले मुद्दा नहालेपछि नाचेका म्याग्दीका सीडीओ गृहमन्त्रालय तानिए (भिडियोसहित)

काठमाडौँ । भिजिट भिसा प्रकरणमा जोडिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।
भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक सहित गृह मन्त्रालयका अधिकारीहरुलाई अनुसन्धानमै राखेर अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान जारी रहेको अभियोगपत्रमा उल्लेख गरेको थियो । आइतबार गृह मन्त्रालयले उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानेको हो । 
गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।
तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । भिजिट भिसा प्रकरणमा तिवारीलाई अख्तियारले २ पटकसम्म बयान लिएको थियो । 
अख्तियारले अनुसन्धानमै रहेको बताएपनि मुद्दा दायर नगरेपछि सोहि साँझ तिवारीले सामाजिक सञ्जालमा नाच्दै गरेको भिडियो पोस्ट गरेका थिए । 

CG


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...
सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सरकारद्वारा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय, अन्य निर्णयहरु यस्ता छन ?

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक...

भर्खरै