नेभिगेशन
मुख्य समाचार

एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको मंगलबार नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार मंगलबार मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

CG

उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो ।

मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने कार्य भइरहेको जानकारी दिए ।

उनले भने, “हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ । तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ ।”

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

मंगलबार ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार...
प्रलोपाको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक  काठमाडौंमा सुरु

प्रलोपाको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक काठमाडौंमा सुरु

केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए । उनले पार्टीले...
सभापति देउवा र नेता कोइरालाबीच भेट

सभापति देउवा र नेता कोइरालाबीच भेट

सभापति देउवा निवासमा मंगलबार भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका...
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ

बिलबिजक नभएको सामानसहित एक जना पक्राउ

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने...