नेभिगेशन
मुख्य समाचार

अबको बैकल्पिक शक्ति रास्वपा नै हो , बालेनलाइ पनि मिल्नको लागि भन्छुः प्रदिप खड्का

काठमाडौँ । कलाकार प्रदीप खड्काले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले नख्खु कारगारमा लामिछानेसँग भेट गरेका हुन् । उनले आफ्नो रवि लामिछानेसँग पुरानो सम्बन्ध रहेकोले भेट गर्नको लागि आएको बताए । 

भेटपनि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पुरानो सरकारले कुदृष्टि राखेको आफ्नो मना परेको बताए । ‘फिल्म क्षेत्रमा पनि अन्याय अत्याचार हुँदा आवाज उठाउनुपर्छ । लोकतान्त्रिक देशको नागरिकले आफ्नो भनाई राख्न पाउनुपर्छ भन्ने धारणा बोक्ने मान्छे हो म । एउटा व्यक्तिमाथि पुरानो सकारले कुदृश्टी नै राखेर कार्य गरिरहेको हो कि भनेर मनमा परिरहेको थियो ।’ उनले भने, ‘नयाँ सरकार आएपछि न्याय पाइन्छ होला भन्ने लागिरहेको थियो । नयाँ शक्ति भनेपनि जे भनेपनि जनताले विश्वास गरेको र प्रवल सम्भावना भएको रास्वपा एउटा शक्ति हो ।’ 

CG

सो क्रममा उनले नयाँ सरकार आएपछि पनि न्यायको प्रक्रिया अघि नबढ्दा चिन्तित भएको बताए । ‘तीन महिनाको प्रगति हेर्दा म चिन्तित थिएँ । मलाई पनि यो अन्याय किन भइरहेको भनेर मनमा लागेको थियो । अनी भेट्न खोज्नुभएको छ भनेसी म भेट्न आएको हो ।’ 

उनले अहिलेको वैकल्पिक शक्ति रास्वपा भएको अन्य सबै शक्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 'कुलमानसँग त मेरो चिनजान छैन । बालेनसँग चिनजान छ । अहिले उहाँलाई शोक परेको बेला यस्तो कुरा गर्नु उचित त नहोला तर परिआयो भने भेटेर मिल्नुस् तपाईँहरु भन्नसक्छु ।’ 

भेटमा लामिछानेले आफूलाई राजनीतिको खुला मैदानमा आउन आग्रह गरेको बताए । तर आफूले तत्काल त्यसबारे नसोचेको उल्लेख गरे । तर खुला राजनीतिमा आउनैपर्ने अवस्था बने आउने प्रतिक्रिया दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...