नेभिगेशन
समाज

अबको बैकल्पिक शक्ति रास्वपा नै हो , बालेनलाइ पनि मिल्नको लागि भन्छुः प्रदिप खड्का

काठमाडौँ । कलाकार प्रदीप खड्काले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले नख्खु कारगारमा लामिछानेसँग भेट गरेका हुन् । उनले आफ्नो रवि लामिछानेसँग पुरानो सम्बन्ध रहेकोले भेट गर्नको लागि आएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटपनि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पुरानो सरकारले कुदृष्टि राखेको आफ्नो मना परेको बताए । ‘फिल्म क्षेत्रमा पनि अन्याय अत्याचार हुँदा आवाज उठाउनुपर्छ । लोकतान्त्रिक देशको नागरिकले आफ्नो भनाई राख्न पाउनुपर्छ भन्ने धारणा बोक्ने मान्छे हो म । एउटा व्यक्तिमाथि पुरानो सकारले कुदृश्टी नै राखेर कार्य गरिरहेको हो कि भनेर मनमा परिरहेको थियो ।’ उनले भने, ‘नयाँ सरकार आएपछि न्याय पाइन्छ होला भन्ने लागिरहेको थियो । नयाँ शक्ति भनेपनि जे भनेपनि जनताले विश्वास गरेको र प्रवल सम्भावना भएको रास्वपा एउटा शक्ति हो ।’ 

Ncell
Extreme Energy

सो क्रममा उनले नयाँ सरकार आएपछि पनि न्यायको प्रक्रिया अघि नबढ्दा चिन्तित भएको बताए । ‘तीन महिनाको प्रगति हेर्दा म चिन्तित थिएँ । मलाई पनि यो अन्याय किन भइरहेको भनेर मनमा लागेको थियो । अनी भेट्न खोज्नुभएको छ भनेसी म भेट्न आएको हो ।’ 

उनले अहिलेको वैकल्पिक शक्ति रास्वपा भएको अन्य सबै शक्ति मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 'कुलमानसँग त मेरो चिनजान छैन । बालेनसँग चिनजान छ । अहिले उहाँलाई शोक परेको बेला यस्तो कुरा गर्नु उचित त नहोला तर परिआयो भने भेटेर मिल्नुस् तपाईँहरु भन्नसक्छु ।’ 

भेटमा लामिछानेले आफूलाई राजनीतिको खुला मैदानमा आउन आग्रह गरेको बताए । तर आफूले तत्काल त्यसबारे नसोचेको उल्लेख गरे । तर खुला राजनीतिमा आउनैपर्ने अवस्था बने आउने प्रतिक्रिया दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...