नेभिगेशन
मुख्य समाचार

अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा ट्याक्टर सहित लाखौं मूल्य बराबरको अवैध कफीको दाना बरामद गरिएको छ । मंगलबार बिहान ४ः३० बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ गणेशपुर स्थित दशगजा क्षेत्रबाट कफीको दाना सहितको ट्याक्टर बरामद गरिएको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा २२ लाख ४४ हजार रुपैयाँ मूल्य बरावरको दुई हजार ४० किलोग्राम कफिको दाना (३४ बोरा प्रति वोरा ६० के.जी.) र सो कफीको दाना ढुवानीमा प्रयोग भएको लु ३ त ३२३६ नं. को ट्याक्टर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

CG

सशस्त्र प्रहरी वल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर हरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको मोवाइल गस्ती टोली र विओपि भुजहवाबाट सशस्त्र प्रहरी सहयक निरीक्षक महेन्द्र यादव अहिरको कमाण्डमा खटिएको संयूक्त टोलीले कफीको दाना सहितको ट्याक्टर बरामद गरेको हो ।

बेवारिसे अवस्थामा बरामद गरिएको कफीको दाना र ट्याक्टर जिल्लाको महेशपुर भन्सार कार्यालयलाई बुझाइएको र थप आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द बहादुर केसिले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...