नेभिगेशन
समाज

अवैध कफीको दाना सहित सीमा क्षेत्रबाट ट्याक्टर बरामद

नवलपरासी । पश्चिम नवलपरासीमा ट्याक्टर सहित लाखौं मूल्य बराबरको अवैध कफीको दाना बरामद गरिएको छ । मंगलबार बिहान ४ः३० बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ गणेशपुर स्थित दशगजा क्षेत्रबाट कफीको दाना सहितको ट्याक्टर बरामद गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा २२ लाख ४४ हजार रुपैयाँ मूल्य बरावरको दुई हजार ४० किलोग्राम कफिको दाना (३४ बोरा प्रति वोरा ६० के.जी.) र सो कफीको दाना ढुवानीमा प्रयोग भएको लु ३ त ३२३६ नं. को ट्याक्टर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

सशस्त्र प्रहरी वल नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर हरपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको मोवाइल गस्ती टोली र विओपि भुजहवाबाट सशस्त्र प्रहरी सहयक निरीक्षक महेन्द्र यादव अहिरको कमाण्डमा खटिएको संयूक्त टोलीले कफीको दाना सहितको ट्याक्टर बरामद गरेको हो ।

बेवारिसे अवस्थामा बरामद गरिएको कफीको दाना र ट्याक्टर जिल्लाको महेशपुर भन्सार कार्यालयलाई बुझाइएको र थप आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल २६ नम्बर गण बेलासपुरका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द बहादुर केसिले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा महाकाली नदीमाथिको झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत प्रभावित : काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।
आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

आइतबारदेखि ४–५ दिन हल्का वर्षाको सम्भावना, गएको हप्ताजस्तो ठूलो वर्षा नहुने

मौसमविद् विनोद पोखरेलले आगामी आइतबारदेखि करिब चार–पाँच दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि गएको हप्ताजस्तो ठूलो वर्षा नहुने बताएका छन्।
बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङमा बाढीपहिरोः ६१ घरगोठ बगे, ५१ घरमा आंशिक क्षति

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर र १० गोठ बगाएको छ...