नेभिगेशन
समाज

प्रलोपाको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक काठमाडौंमा सुरु

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा विधानको मस्यौदामाथि छलफल हुने नेताहरुले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय समितिको बैठकमा छलफल भएपछि विधान मस्यौदालाई तल्लो तहमा छलफलका लागि पठाइने र छलफलबाट आएका सुझावमा आधारमा पारित गरिने प्रलोपा नेता राम कार्कीले जानकारी दिए । उनले पार्टीले अवलम्वन गर्ने समाजवादको कस्तो हुने भन्ने बिषय पनि सवैको सुझावका आधारमा तय गरिने बताए ।

Ncell
Extreme Energy

प्रथम पूर्ण बैठकमा केन्द्रीय सदस्यलाई शपथ गराउने क्रममा सदस्यहरुले समाजवादका बारेमा प्रश्न उठाएका थिए । नेता कार्कीले अहिले विधानलाई अन्तिम रुप दिन बाँकी रहेपनि सपथ ग्रहणका लागि सम्मुन्नत समाजवाद भन्ने शव्द मात्रै राखिएको स्पष्ट पारेका थिए ।

त्यसपछि पार्टीका संरक्षण डा बाबुराम भट्टराई अध्यक्ष मण्डललगाएत केन्द्रीय सदस्यहरुलाई सपथ गराएका थिए । बैठक बुधबारसम्म चल्ने प्रलोपाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...

भर्खरै