नेभिगेशन
मुख्य समाचार

तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य नै समाप्त हुनेः नेता पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जानेगरि निर्वाचन गर्ने म्याण्डेडसहित वर्तमान सरकार गठन भएको भन्दै फागुन २१ गते निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन ।

CG

तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरुको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे । उनले सरकार र जेनजीबीच भएको १० बुदे सहमतिमा केहि कुरा राम्रा र केहि कुरा सरकारको म्याण्डेडभन्दा बाहिर रहेको बताए ।

अहिले केहि जेनजी युवाहरुले संसद आवश्यक रहेको धारणा राख्ने गरेको भन्दै उनले जनेजी आन्दोलनपछि अपरिपक्व ढंगले हतारमा बिघटन गरिएको जस्तो देखिएको उल्लेख गरे । पुनले जेनजी युवाहरुले उठाएका जायज मागलाई नेपाली कम्युनिस्ट पार्टीले अघि बढाउने स्पष्ट पारेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...