नेभिगेशन
समाज

तोकिएको समयमा निर्वाचन गर्न नसके सरकारको औचित्य नै समाप्त हुनेः नेता पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले फागुन २१ गते तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य नै समाप्त हुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा आयोजित होटल मजदुर आन्दोलनको दर्पण सार्वजनिकरण कार्यक्रममा नेता पुनले ६ महिनाभित्र ताजा जनादेशमा जानेगरि निर्वाचन गर्ने म्याण्डेडसहित वर्तमान सरकार गठन भएको भन्दै फागुन २१ गते निर्वाचन हुन नसके सरकारको औचित्य नै समाप्त हुने बताएका हुन ।

Ncell
Extreme Energy

तोकिएको निर्वाचनलाई सार्ने छुट समेत वर्तमान सरकारलाई नभएको उनको भनाइ छ । पुनले संविधानबाट बाहिर गएर राजनीतिक दलहरुको सहमतिमा वर्तमान सरकार गठन भएकाले निर्वाचनको मिति सारिए संविधान थप मिचिने जिकिर गरे । उनले सरकार र जेनजीबीच भएको १० बुदे सहमतिमा केहि कुरा राम्रा र केहि कुरा सरकारको म्याण्डेडभन्दा बाहिर रहेको बताए ।

अहिले केहि जेनजी युवाहरुले संसद आवश्यक रहेको धारणा राख्ने गरेको भन्दै उनले जनेजी आन्दोलनपछि अपरिपक्व ढंगले हतारमा बिघटन गरिएको जस्तो देखिएको उल्लेख गरे । पुनले जेनजी युवाहरुले उठाएका जायज मागलाई नेपाली कम्युनिस्ट पार्टीले अघि बढाउने स्पष्ट पारेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।

भर्खरै