नेभिगेशन
मुख्य समाचार

एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरु सर्वसम्मत निर्वाचित भएका हुन । उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन ।

CG

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन ।

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए । यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका हुन ।

उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनुहुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...