नेभिगेशन
समाज

एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरु सर्वसम्मत निर्वाचित भएका हुन । उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन ।

Ncell
Extreme Energy

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन ।

यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए । यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका हुन ।

उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनुहुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...

भर्खरै