नेभिगेशन
समाज

बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनबाट शुरु

काठमाडौँ । नेपालमा बाघको अबस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनको सौराहावाट शुरु भएको छ । प्रत्येक ४–४ बर्षमा नेपालमा बाघ गणना गरिदै आएको छ । बाघ गणना नेपालको ५ वटा राष्ट्रिय निकुञ्ज सरक्षित क्षेत्र र वरपरको बाघ पाईने वन क्षेत्रमा गरिने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामाराको स्विच अन गरेर उद्घाटन गरेका हुन । उक्त अबसरमा उनले नेपालमा भएको सरक्षणको कार्यले अन्तराष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ गैडा लगाएतको वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताए । उनले जेनजी आन्दोलनको क्रममा भागेका चोरी शिकारीहरु वन्यजन्तु सरक्षणमा चुनौती भएको र ति कैदीहरुलाई पक्राउ गर्न आफुले सहयोग गर्ने बताए ।

Ncell
Extreme Energy

उक्त अबसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सुचना अधिकारी तथा ईकोलोजिष्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्र बाट शुरु भएर बाके बर्दिया क्षेत्र र शुक्लाफाटा लालझाडी क्षेत्रमा ८ वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिए । प्रत्येक ब्लकमा २ किलोमिटर लम्बाई २ किलोमिटर चौडाईको ग्रिड बनाएर स्वाचालित क्यामराबाट ट्रयापिङ्ग गरिने उनले बताए ।

बाघ गणनाको लागि करीब ३ करोड खर्च हुने र १ हजार १ सय क्यामारा प्रयोग हुने उनले जानकारी दिए । बाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति सरक्षण कोषका करीब २ सय ५० जना कर्मचारी र प्राबिधिकहरु सहभागि हुने छन् । बाघ गणना गर्ने कार्य जोखिम पुर्ण चुनौति पुर्ण हुने बाघ गणना शुरु हुदा देखि नै काम गर्दै आउनु भएका राष्ट्रिय प्रकृति सरक्षण कोषका प्राबिधिक तिर्थमान लामाले बताए ।

बाघ पाईने स्थानमा क्यामरा राखेर जगलमा नै क्याम्प खडा गरेर  बाघ गणना गर्ने गरिएको उनले बताए । बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...

भर्खरै