नेभिगेशन
मुख्य समाचार

बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनबाट शुरु

काठमाडौँ । नेपालमा बाघको अबस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनको सौराहावाट शुरु भएको छ । प्रत्येक ४–४ बर्षमा नेपालमा बाघ गणना गरिदै आएको छ । बाघ गणना नेपालको ५ वटा राष्ट्रिय निकुञ्ज सरक्षित क्षेत्र र वरपरको बाघ पाईने वन क्षेत्रमा गरिने छ ।

उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामाराको स्विच अन गरेर उद्घाटन गरेका हुन । उक्त अबसरमा उनले नेपालमा भएको सरक्षणको कार्यले अन्तराष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ गैडा लगाएतको वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताए । उनले जेनजी आन्दोलनको क्रममा भागेका चोरी शिकारीहरु वन्यजन्तु सरक्षणमा चुनौती भएको र ति कैदीहरुलाई पक्राउ गर्न आफुले सहयोग गर्ने बताए ।

CG

उक्त अबसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सुचना अधिकारी तथा ईकोलोजिष्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्र बाट शुरु भएर बाके बर्दिया क्षेत्र र शुक्लाफाटा लालझाडी क्षेत्रमा ८ वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिए । प्रत्येक ब्लकमा २ किलोमिटर लम्बाई २ किलोमिटर चौडाईको ग्रिड बनाएर स्वाचालित क्यामराबाट ट्रयापिङ्ग गरिने उनले बताए ।

बाघ गणनाको लागि करीब ३ करोड खर्च हुने र १ हजार १ सय क्यामारा प्रयोग हुने उनले जानकारी दिए । बाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति सरक्षण कोषका करीब २ सय ५० जना कर्मचारी र प्राबिधिकहरु सहभागि हुने छन् । बाघ गणना गर्ने कार्य जोखिम पुर्ण चुनौति पुर्ण हुने बाघ गणना शुरु हुदा देखि नै काम गर्दै आउनु भएका राष्ट्रिय प्रकृति सरक्षण कोषका प्राबिधिक तिर्थमान लामाले बताए ।

बाघ पाईने स्थानमा क्यामरा राखेर जगलमा नै क्याम्प खडा गरेर  बाघ गणना गर्ने गरिएको उनले बताए । बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...