नेभिगेशन
समाज

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजनामा बिहीबारदेखि हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्दैं स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

CG

उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतीय टोली बुधबार पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
माछापुच्छ्रे हिमालसँगै खुलेको पोखरा (तस्बिरहरु)

माछापुच्छ्रे हिमालसँगै खुलेको पोखरा (तस्बिरहरु)

यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थान विन्दु पनि पोखरा भएकाले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल निकै देखिने गर्दछ ।
लुम्बिनीमा विश्व शान्ति कार्यक्रमको आयोजन, विभिन्न देशका २५ अर्बपति सहभागी

लुम्बिनीमा विश्व शान्ति कार्यक्रमको आयोजन, विभिन्न देशका २५ अर्बपति सहभागी

कार्यक्रमको पहिलो दिन बिहीबार इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरेका छन् । ताम्रतले भने, ‘विभिन्न देशबाट हामी...
आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन...