नेभिगेशन
समाज

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजनामा बिहीबारदेखि हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्दैं स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

Ncell
Extreme Energy

उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । भारतीय टोली बुधबार पर्वत र बागलुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गर्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।