नेभिगेशन
समाज

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा व्यक्त गरेका हुन ।

Ncell
Extreme Energy

“विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण छैन । यहाँ प्राकृतिक स्रोत पर्याप्त छ, हामी सांस्कृतिक सम्पदामा धनी छौँ”, उनले भने, “स्रोतको सही सदुपयोग गर्दै परिणाम प्राप्त गर्न मुलुकको शिक्षा, नीति, राजनीति र नेतृत्व परिवर्तन गर्न आवश्यक छ ।”

शिक्षा नीति, राजनीति र नेतृत्व सही भएमा देश पाँचदेखि १० वर्षमा बन्ने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरेर असल सोचका साथ सबैले सकारात्मक समन्वय गरी देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

“सात–आठ वर्ष अघि कालोपत्र सडक हेर्न छिमेकी पालिका बिर्तामोड र भारत जानुपर्ने अवस्थाका थियो”, उनले भने, “अहिले हल्दिबारीका सबै मुख्य सडकहरू कलोपत्र भइसकेका छन्, यो विकासको चरणअन्तर्गत पर्दछ ।”

पूर्वाधार निर्माण हुनुमात्र ठूलो विषय नभई त्यसको संरक्षण गर्दै त्यसको माध्यमबाट नागरिकको जीवनस्तर उठाउनेतर्फ योजनाबद्ध काम गर्नुपर्ने उनले बताए ।

अध्यक्ष लिङ्देनले भने, “सडक बनेको छ, सडकको संरक्षण र सम्वर्द्धन गर्दै रोजगारी सृजना गर्नतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।”

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले झापाका १५ वटा स्थानीय तहमध्ये हल्दिबारी गाउँपालिकामा सबैभन्दा कम बजेट प्राप्त हुने गरेको बताउँदै सोही कारणले आन्तरिक आम्दानी पनि कम हुने गरेको उल्लेख गरे ।

उनले प्राप्त बजेटका आधारमा विकास, निर्माणलाई सन्तुलित रूपमा अघि बढाउँदै लगेको जानकारी दिए । “गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क पठनपाठन र १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएको छ”, उनले भने, “नागरिकलाई धेरैभन्दा धेरै सुविधा दिने गरी बजेटको प्रयोग गरिरहेका छौँ ।”

आगामी दिनमा पूर्वाधार विकास, सुविधा विस्तारलगायत क्षेत्रमा आवश्यकता अनुसार काम गर्दै जाने उनको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस हल्दिबारीका कोषाध्यक्ष राजेन्द्र ओलीले आ–आफनो धारणा व्यक्त गरेका थिए ।

सङ्घीय सरकारको रु एक करोड १० लाख र गाउँपालिकाको रु एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी दिए ।

उनका अनुसार सडकको चौडाइ पाँच दशमलव पाँच मिटर चौडाइ रहेको छ भने इन्टरलक सडकको चौडाइ छ मिटरको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०८१ माघ २८ गते पार्वता पार्वती–अम्बिका ग्लोबल भिमेश्वर जेभीले सडक निर्माणको ठेक्का पाएको थियो ।

निर्माण अवधिभन्दा दुई महिना अगावै काम सम्पन्न गरेकामा निर्माण कम्पनीका सञ्चालक हरि भट्टराईलाई सम्मान गरिएको थियो । हल्दिबारी–१ स्थित ओमचोकबाट वडा नं ५ को धनुषा आविसम्म निर्माण सम्पन्न भएको उक्त सडकलाई ‘भुल्का मार्ग’ नामकरण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

भोलि (शनिबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि (आइतबार) दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कांग्रेस सभापति थापा रसुवा जाँदै

कांग्रेस सभापति थापा रसुवा जाँदै

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज रसुवा जाँदैछन्  ।
बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

बाढी पीडितको उद्धार र राहतका लागि रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।