नेभिगेशन
सबै कुरा

नेपालीलाई रुस पुर्याएर सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

नेपालीलाई रुस पुर्याएर रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उक्त कार्यमा संलग्न ११ जनालाई सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले पक्राउ गरेकाहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

Ncell
Extreme Energy

काठमाडौँमा विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट राहदानी, भिसा लगायतका कागजातहरु बरामद गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । त्यस्तै उनीहरुबाट ठूलो मात्रामा रकम समेत बरामद भएको छ । 

उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गर्न अनुमति लिइसकेको प्रहरीले जनाएको छ । 

केही दिनअघि मात्र परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका छ नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । 

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेका थिए  ।  

पछिल्लो समय सयौँ नेपालीहरु अवैध बाटो हुँदै रुसी सेनामा भर्ति हुनका लागि रुस गइरहेका छन् । नेपालबाट विद्यार्थी भिसामा उनीहरुलाई रुस पुर्याएर रुसी सेनामा भर्ति गराउने गिरोहहरु सक्रिय रहेका समाचारहरु प्रकासित भएपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...