नेभिगेशन
सबै कुरा

नेपालीलाई रुस पुर्याएर सेनामा भर्ती गराउने गिरोह सार्वजनिक

नेपालीलाई रुस पुर्याएर रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले उक्त कार्यमा संलग्न ११ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ गरेकाहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

CG

काठमाडौँमा विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट राहदानी, भिसा लगायतका कागजातहरु बरामद गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । त्यस्तै उनीहरुबाट ठूलो मात्रामा रकम समेत बरामद भएको छ । 

उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गर्न अनुमति लिइसकेको प्रहरीले जनाएको छ । 

केही दिनअघि मात्र परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका छ नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो । 

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेका थिए  ।  

पछिल्लो समय सयौँ नेपालीहरु अवैध बाटो हुँदै रुसी सेनामा भर्ति हुनका लागि रुस गइरहेका छन् । नेपालबाट विद्यार्थी भिसामा उनीहरुलाई रुस पुर्याएर रुसी सेनामा भर्ति गराउने गिरोहहरु सक्रिय रहेका समाचारहरु प्रकासित भएपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।