नेभिगेशन
मुख्य समाचार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

Pokhara_Muglin_Road_construction_Sidhakura12-1766206897.jpg

CG

Pokhara_Muglin_Road_construction_Sidhakura1-1766206872.jpg

कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरीएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ कि.मी. खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भई सकेको छ भने (३३.२ कि.मी. खण्डमा दुई तर्फी कालोपत्रे (चार लेन), ४.८ कि.मी. खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन)) ५१.३ कि.मि. (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्विस लेन कालोपत्रे ५ कि.मि. त्यस्तै गरी १२ वटा पुल मध्ये ११ वटा सम्पन्न भएको छ र १०५ वटा कल्भर्ट मध्ये १०५ वटा नै सम्पन्न भई सकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए ।
यो परियोजना वि.सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।

Pokhara_Muglin_Road_construction_Sidhakura-1766206871.jpg

Pokhara_Muglin_Road_construction_sidhakura2-1766206875.jpg

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए  । 
तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ ।

यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड ( भ्याट समेत) रुपैयाँ रहेको छ। मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ । 

तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ-पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ ।

Pokhara_Muglin_Road_construction_Sidhakura3-1766206876.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura7-1766206885.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura6-1766206883.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura5-1766206881.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura4-1766206879.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura8-1766206886.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura9-1766206890.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura10-1766206890.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura12-1766206897.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura13-1766206898.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura15-1766206901.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura16-1766206904.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura17-1766206905.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura18-1766206911.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura19-1766206913.jpg

Pokhara_Muglin_Road_construction_Sidhakura20-1766206917.jpg

Pokhara_Muglin_Road_construction_Sidhakuraa-1766206925.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...
बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

संयुक्त राष्ट्रसङ्घमा  नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (मंगलबार) आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।