नेभिगेशन
समाज

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

रौतहट । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिएका छन् । 

Ncell
Extreme Energy

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...