नेभिगेशन
कर्पाोरेट

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

काठमाडौँ। जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले पछिल्लो समय गरेको क्रियाकलापप्रति गम्भीर आपत्ति जनाउँदै बोनस वितरण प्रचलित कानूनअनुसार मात्र हुने स्पष्ट पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीद्वारा मिति २०८२ मंसिर १० गते जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार श्रमिक युनियनले मिति २०८२ मंसिर ८ गते बोनसको विषयलाई लिएर गरेको पत्रकार सम्मेलन तथा त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीप्रति उद्योगको ध्यानाकर्षण भएको हो।

Ncell
Extreme Energy

विज्ञप्तिमा श्रमिक युनियनका पदाधिकारीहरूले बोनस ऐन र नियमअनुसार आफूले प्राप्त गर्ने वास्तविक बोनस रकम नबुझी मनोमानी रूपमा रकम माग गरेको, मागअनुसारको रकम नपाउँदा व्यवस्थापन पक्षका कर्मचारीलाई धाकधम्की दिएको र उद्योग परिसरमा असहज वातावरण सिर्जना गरेको आरोप लगाइएको छ। साथै उद्योगको आन्तरिक विषयवस्तु सार्वजनिक गर्दै तथ्यहीन तथा मनगढन्ते आरोपसहित पत्रकार सम्मेलन गर्नु कानूनी र व्यवहारिक रूपमा अस्वीकार्य रहेको कम्पनीको भनाइ छ।

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन विपरीत गैरकानूनी रूपमा माग गरिएको रकम मिति २०८२ असोज ५ गतेभित्र नदिए बन्द–हड्ताल गर्ने अल्टिमेटम दिइएपछि न्यायिक निकास खोज्दै अदालत जान बाध्य हुनुपरेको कम्पनीले जनाएको छ।

विज्ञप्तिमा अदालतबाट उक्त विवादको निरुपण भइसकेको उल्लेख गर्दै सो फैसलामा असन्तुष्टि भए कानूनी उपचार खोज्नुपर्नेमा पुनः बोनसको बहानामा कारखाना बन्द गर्ने धम्की, पत्रकार सम्मेलन, सामाजिक सञ्जालमार्फत दबाब दिने कार्यहरू गैरजिम्मेवार र कानूनविपरीत भएको आरोप लगाइएको छ।

कम्पनीले हुलास स्टील, त्रिवेणी स्पिनिङ र भगवती स्टील इण्डष्ट्रिजमा युनियनद्वारा गरिएको दुर्व्यवहारको उदाहरण दिँदै यस्तै व्यवहार यस उद्योगमा पनि दोहोर्याउने धम्की आएको जनाएको छ। मिति २०८२ भदौ २९ गते सोही किसिमको व्यवहार भएपछि उद्योग व्यवस्थापन पक्ष विगत तीन महिनादेखि उद्योग परिसरमा उपस्थित हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

अन्ततः जगदम्बा स्टील्स लिमिटेडले कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमानुसार कर्मचारी तथा श्रमिकलाई बोनस वितरण गर्न तयार रहेको पुनः स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...