नेभिगेशन
कर्पाोरेट

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

काठमाडौँ। जगदम्बा स्टील्स लिमिटेडले श्रमिक युनियनले पछिल्लो समय गरेको क्रियाकलापप्रति गम्भीर आपत्ति जनाउँदै बोनस वितरण प्रचलित कानूनअनुसार मात्र हुने स्पष्ट पारेको छ।

कम्पनीद्वारा मिति २०८२ मंसिर १० गते जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार श्रमिक युनियनले मिति २०८२ मंसिर ८ गते बोनसको विषयलाई लिएर गरेको पत्रकार सम्मेलन तथा त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीप्रति उद्योगको ध्यानाकर्षण भएको हो।

CG

विज्ञप्तिमा श्रमिक युनियनका पदाधिकारीहरूले बोनस ऐन र नियमअनुसार आफूले प्राप्त गर्ने वास्तविक बोनस रकम नबुझी मनोमानी रूपमा रकम माग गरेको, मागअनुसारको रकम नपाउँदा व्यवस्थापन पक्षका कर्मचारीलाई धाकधम्की दिएको र उद्योग परिसरमा असहज वातावरण सिर्जना गरेको आरोप लगाइएको छ। साथै उद्योगको आन्तरिक विषयवस्तु सार्वजनिक गर्दै तथ्यहीन तथा मनगढन्ते आरोपसहित पत्रकार सम्मेलन गर्नु कानूनी र व्यवहारिक रूपमा अस्वीकार्य रहेको कम्पनीको भनाइ छ।

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन विपरीत गैरकानूनी रूपमा माग गरिएको रकम मिति २०८२ असोज ५ गतेभित्र नदिए बन्द–हड्ताल गर्ने अल्टिमेटम दिइएपछि न्यायिक निकास खोज्दै अदालत जान बाध्य हुनुपरेको कम्पनीले जनाएको छ।

विज्ञप्तिमा अदालतबाट उक्त विवादको निरुपण भइसकेको उल्लेख गर्दै सो फैसलामा असन्तुष्टि भए कानूनी उपचार खोज्नुपर्नेमा पुनः बोनसको बहानामा कारखाना बन्द गर्ने धम्की, पत्रकार सम्मेलन, सामाजिक सञ्जालमार्फत दबाब दिने कार्यहरू गैरजिम्मेवार र कानूनविपरीत भएको आरोप लगाइएको छ।

कम्पनीले हुलास स्टील, त्रिवेणी स्पिनिङ र भगवती स्टील इण्डष्ट्रिजमा युनियनद्वारा गरिएको दुर्व्यवहारको उदाहरण दिँदै यस्तै व्यवहार यस उद्योगमा पनि दोहोर्याउने धम्की आएको जनाएको छ। मिति २०८२ भदौ २९ गते सोही किसिमको व्यवहार भएपछि उद्योग व्यवस्थापन पक्ष विगत तीन महिनादेखि उद्योग परिसरमा उपस्थित हुन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

अन्ततः जगदम्बा स्टील्स लिमिटेडले कम्पनी बोनस ऐन, २०३० बमोजिम नियमानुसार कर्मचारी तथा श्रमिकलाई बोनस वितरण गर्न तयार रहेको पुनः स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको  भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको...