नेभिगेशन
सबै कुरा

इस्टकोटको खल्ती र जुत्तामै तस्करीको १४ किलो सुन, यसरी पक्राउ परे सुन बोक्ने घले (भिडियो)

काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको एफ.जेड ५७३ अवतरण गर्यो । सोही विमानमा दुबईबाट एक नेपालीले सुन बोकेर आउँदै गरेको पूर्व सूचना विमानस्थल भन्सारलाई थियो ।

भन्सार र प्रहरीको टोली विमान अवतरण भएसँगै विशेष सूचना अनुसारै ति व्यक्तिलाई निगरानी गरिरह्यो । हातमा एउटा ब्याग समाएर आएका ति व्यक्तिलाई चेक गर्दा उनको साथबाट १४ किलो बराबरका ७ वटा सुनका बिस्कुट फेला परे ।

CG

यसरी सुन बोकेर आएका व्यक्ति थिए गोरखा आरुघाटका चन्द्र घले । घलले ज्याकेट भित्र खल्ती हालिएको पातलो इस्टकोटमा सुन राखेका थिए । साथै जुत्तामा पनि सुन राखेका थिए ।

आफू पक्राउ परेपछि घलेले सुनका मालिक मीनबहादुर घले रहेको बयान दिए । प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको जनाएको छ । घले पनि गोरखाकै हुन् ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।