नेभिगेशन
सबै कुरा

इस्टकोटको खल्ती र जुत्तामै तस्करीको १४ किलो सुन, यसरी पक्राउ परे सुन बोक्ने घले (भिडियो)

काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको एफ.जेड ५७३ अवतरण गर्यो । सोही विमानमा दुबईबाट एक नेपालीले सुन बोकेर आउँदै गरेको पूर्व सूचना विमानस्थल भन्सारलाई थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भन्सार र प्रहरीको टोली विमान अवतरण भएसँगै विशेष सूचना अनुसारै ति व्यक्तिलाई निगरानी गरिरह्यो । हातमा एउटा ब्याग समाएर आएका ति व्यक्तिलाई चेक गर्दा उनको साथबाट १४ किलो बराबरका ७ वटा सुनका बिस्कुट फेला परे ।

Ncell
Extreme Energy

यसरी सुन बोकेर आएका व्यक्ति थिए गोरखा आरुघाटका चन्द्र घले । घलले ज्याकेट भित्र खल्ती हालिएको पातलो इस्टकोटमा सुन राखेका थिए । साथै जुत्तामा पनि सुन राखेका थिए ।

आफू पक्राउ परेपछि घलेले सुनका मालिक मीनबहादुर घले रहेको बयान दिए । प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको जनाएको छ । घले पनि गोरखाकै हुन् ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...