नेभिगेशन
समाज

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच राजनीतिक एकता हुने भएको छ । यससँगै रास्वपालाई पूर्ण रुपमा स्वीकार गरेर रास्वपाको तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न मेयर शाह तयार भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै तीन चरणको छलफल र बार्तापछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् । सहमतिअनुसार रास्वपाको पार्टी संरचनामा बालेनको प्रवेशले कुनै फेरबदल हुने छैन । रवि रास्वपाको सभापति नै रहने छन् ।

Extreme Energy
Everest cinsult

रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा.स्वर्णिम वाग्ले, सचिवालय सदस्यद्वय शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेनसहितका व्यक्तिहरु सहभागी थिए ।

रवि र बालेनको एक्ला एक्लै भएको छलफल र बार्तापछि उनीहरुबीचको समझदारीलाई तल्ला नेताहरुले प्राविधिक विषय टुुङ्ग्याएर निश्कर्षमा पुर्याउने छन् । 

सहमतिमा के छ ? 

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनमा रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार हुनेछन् । 

\रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने सहमतिमा उल्लेख छ । सहमतिको खाकामा काम गरेका नेताकाअनुसार निर्वाचनले दिने म्याण्डेडबाट रास्वपाको प्रधानमन्त्री बालेन्द्र शाह हुनेछन् ।


बालेनले रास्वपामा कुनै पनि सांगठनिक जिम्मेवारी दावी नगरेको पनि दुुई पक्षको भनाई छ । अहिलेको रास्वपाको पदाधिकारीमा कुनै परिवर्तन हुने छैन् । तर, दुुई चार जना नेता बालेनकातर्फबाट रास्वपामा प्रवेश गर्ने वातावरण भने सम्झौताले गरिदिएको छ । जसका कारण रास्वपाको केन्द्रीय समितिमा सानो फेरबदल हुन सक्ने नेताहरु बताउँछन् । तर, यो कुरा सहमतिमा भने बोलिएको छैन ।  

सहमतिमा जेनजी पनि अटाउनेछन् 

स्रोतकाअनुसार बिहीबार बालेन र रविबीच सो समझदारी बनेको थियो । सो समझदारीलाई साँझ नै बसेर सहमतिमा पुु¥याउने र हस्ताक्षरको तयारी थियो । तर, जेनजी प्रतिनिधिहरुले पनि समझदारीमा आफ्नो हिस्सा खोजेपछि बालेनले जेनजीसहितका विभिन्न फरक फरक राजनीतिक समूहसँग दिनभर छलफल गरेका थिए ।

पछिल्लो सहमतिअनुसार रास्वपा र बालेनको सहमतिमै जेनजी प्रतिनिधिहरु पनि रास्वपामा प्रवेश गर्नेछन् ।  उनीहरु पनि सम्मानजनक रुपमा निर्वाचनमा रास्वपाकोतर्फबाट होमिने सहमतिका लागि पहल गरेका नेताहरुले सिधाकुरालाई बताए । 

छलफल बाहिर छन् कुलमान

कतिपयले रवि,बालेन र कुलमान एकसाथ सहमतिमा आएको दाबी गरेका छन् । तर, रवि र बालेनकोतर्फबाट बार्ता गरिरहेका नेताहरुले कुलमान यो छलफलमा नै नरहेको सिधाकुरालाई बताए ।  ‘जेनजी प्रतिनिधिहरु मिलाउने काम बालेनजीले गर्नुहुुन्छ ।’ स्रोतले भन्यो,‘तर,कुलमानजीको बारेमा अहिलेसम्म छलफल भएको छैन ।’

त्यसोत वैकल्पिक शक्ति एक भएर जान कुलमान समूहले पनि छलफल र भेटघाट तिब्र बनाएको छ । रवि र बालेनसँग समानान्तर छलफलमा रहेको कुुलमान निकट स्रोतले सिधाकुुरालाई बतायो । 

रविको त्याग 

पुस ४ गते हिरासत मुक्त भएपछि रविले ५ पुसमा चितवनमा आफ्ना कार्यकर्तालाई सम्बोधन गरे । सो विशाल सम्बोधनमा उनले वैकल्पिक शक्ति मिलेर जाने र देशलाई निकास दिन वृहत्तर शक्ति बनाउने प्रस्ताव जनतालाई नै सुनाए । 

वैकल्पिक शक्ति मिलेर चुुनावमा जान आफूले त्याग गर्ने भन्दै रविले भनेका थिए, ‘पार्टी कार्यालय लैजाउ, सभापति लैजाउ, उपसभापति लैजाउ, झण्डा लैजाऊ, पार्टी कार्यालय पनि लैजाउ तर देश बन्न प¥यो ।’ 

रास्वपाका कार्यकर्ता र शुुभचिन्तक कै बलबुँतामा राजनीतिक प्रतिधोधपूूर्ण राजनीति चिरेर रवि खुला आकाशमा आएपछि सहकार्य र एकताको घोषणा गरे र त्यसलाई सार्थक पनि बनाए । रविका अनुसार यो एकता कुनै एक चुनावका लागि मात्रै नभएर देशलाई बलियो सरकार दिन, देशमा सुशासन र विकास चाहने युवा नेतालाई देशको नेतृत्व सुम्पिन हो ।

वैकल्पिक शक्ति मिल्दा सुन्दर भविष्य

रास्वपा र रविले यतिबेला गंभिर चार वटा राजनीतिक अवस्थाहरु मुुलुकमा मूूल्याकंन गरेको छ । पहिलो, आन्दोलन पछिको कमजोर सरकार, दोस्रो, भदौ २३ र २४ को आन्दोलनलाई उल्ट्याउने दाउपेच, तेस्रो, निर्वाचन हुन नदिएर संवैधानिक रिक्तताको अवस्था र गहिरो राजनीतिक संक्रमण अनि चौथो, आन्दोलनमाथि प्रतिक्रान्तिकारीहरु हावी हुने अवस्था ।

रास्वपा स्रोतकाअनुसार आन्दोलनकारी जेनजीहरु कमजोर बन्दा यतिबेला सरकार निकै कमजोर धरातलमा उभिएको छ । बलियो साथ र विश्वास गर्ने शक्तिको अभावमा सरकार जननरसंहार गर्नेलाई भन्दा पनि आन्दोलनमा सहभागीलाई समातेर थुनिरहेको छ । 

राजनीतिक आन्दोलन र अपराध नबुुझेका जेनीहरु आफैले बनाएको सरकार ढाल्न आन्दोलनमा छन् । यतिबेला सरकारको साथ हुने परिवर्तनकारी शक्ति नै छैन । यस्तै, जेनजी तितरबितर हुने र सरकार पनि कमजोर भएपछि कांग्रेस एमाले संसद ब्युुँताउन कम्मर कसेर लागेका छन् । केन्द्रीय समितिबाटै निर्वाचनमा होमिएको कांग्रेस एकाएक प्रतिनिधिसभा ब्युुँताउन लागेपछि एमाले हौसिएको छ ।

यदी बलियो र संगठित राजनीतिक प्रतिपक्ष भएन भने प्रतिनिधिसभा ब्युँतिने जोखिम पनि रास्वपाले देखेको थियो । नेताहरुकाअनुसार तोकिएकै समयमा निर्वाचन भएन भने मुलुक गंभिर संवैधानिक रिक्ततामा पस्ने र त्यसलाई सम्हाल्ने राष्ट्रिय शक्तिहरु नै नरहने अवस्थाले मुलुक भूराजनीतिक चपेटामा फस्न सक्ने डर रास्वपालाई थियो । त्यसका लागि पनि बलिया वैकल्पिक शक्ति चाहिएको उनीहरु बताउँछन् । 

सबै प्रतिकुलता रहेको खण्डमा अब भदौ २३ र २४ एउटा जनआन्दोलन नभएर गम्भीर देशद्रोहको अपराध ठहरिने निश्चित जस्तै छ । त्यसपछि आन्दोलनका सहभागी, पक्षपाती र सर्मथक सबै अपराधी करार हुनेछन् । जोखिम देखिए पछि एकता र सहकार्यको विकल्प नभएको नेताहरु बताउँछन् ।  

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा. वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

अर्थमन्त्री डा. वाग्लेको बोल्ड निर्णय, सरकारी कर्मचारीको इन्धन सुविधामा भारी कटौती

उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब...
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद थप नगर्न परमादेश

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद थप नगर्न परमादेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले अब म्याद थप नगर्न...
खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ।’
सभामुख डीपी अर्यालसँग सदन र देशले गरेको अपेक्षा

सभामुख डीपी अर्यालसँग सदन र देशले गरेको अपेक्षा

अघिल्लो संसदको अनुभव अर्यालका लागि उपयोगी बन्ने छ भने अहिलेको संसद संरचना सहयोगी बन्ने छ । समन्वयकारी कार्यशैली, मिलनसार स्वभाव र सरल व्यक्तित्व उनका सम्पत्ति हुन् । यी...