नेभिगेशन
मुख्य समाचार

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

काठमाडौँ । बिहीबार बेलुकासम्म सहमतिमा पुगेको रवि-बालेन एकता हस्ताक्षर र घोषणाको समय कुर्दा कुर्दै भाँडिने चरणमा पुगेको छ। रास्वपाको चुनावी प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेर सहमतिमा हस्ताक्षर गर्ने मिति शुक्रबारका लागि तय भएपछि बालेन समूहले अघि सारेको काउन्टर मागले यस्तो अवस्था सृजना भएको नेताहरूले सिधाकुरालाई बताए।

शुक्रबारका लागि तय भएको हस्ताक्षर सरेर शनिवार पुगेको तर शनिवार दुई पक्षबीच भेट वार्ता नै नहुने अवस्था सृजना भएको स्रोतले सिधाकुरालाई बतायो ।

CG

‘बिहीबार बेलुकासम्म सबै ठिकै थियो, शुक्रबार सामान्य कुराकानी गरेर सम्झौताको तयारी थियो। जसमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने र उनले भनेका राम्रा मान्छेहरूलाई निर्वाचनमा सहभागी गराउने,’स्रोतले सिधाकुरासँग भन्यो,‘तर,उहाँहरुले अचानक पार्टीको पदाधिकारी देखि निर्वाचनसम्म नै प्रतिशतमा हिस्सेदारी माग्नुभयो ।’

नेताहरुकाअनुसार प्रतिशत कति भनिएको छैन् तर पदाधिकारी, केन्द्रिय समिति लगायतका पार्टी संरचना र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पनि प्रतिशतमै बालेन समूहले हिस्सेदारी खोजे । 

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र निर्वाचनमा छिराउने कुरा रास्वपालाई मान्य छैन । 

रास्वपासँग वार्तामा रहेका बालेन पक्षले पनि शनिबारका लागि रास्वपा सभापति रविसँगको भेट अनिश्चित भएको सिधाकुरालाई बतायो । उनीहरूले आफुहरुले राखेको मागबारे भने खुल्न चाहेनन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसङ्गठित बनाउँदै बृहत् एकता कायम गर्दै...
अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको...
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाले चुनाब चिन्ह खरीदबिक्री गर्दैनः हरि ढकाल

रास्वपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रतिनिधि सभाका पूर्व सदस्य हरि ढकालले चुनाबमा जसरी पनि विजय हुन अर्को दलको चुनाब चिन्हमा उम्मेदवार बन्ने प्रवृत्ति जनता माथिको धोका रहेको बताएका...