नेभिगेशन
समाज

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

काठमाडौँ । बिहीबार बेलुकासम्म सहमतिमा पुगेको रवि-बालेन एकता हस्ताक्षर र घोषणाको समय कुर्दा कुर्दै भाँडिने चरणमा पुगेको छ। रास्वपाको चुनावी प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गरेर सहमतिमा हस्ताक्षर गर्ने मिति शुक्रबारका लागि तय भएपछि बालेन समूहले अघि सारेको काउन्टर मागले यस्तो अवस्था सृजना भएको नेताहरूले सिधाकुरालाई बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबारका लागि तय भएको हस्ताक्षर सरेर शनिवार पुगेको तर शनिवार दुई पक्षबीच भेट वार्ता नै नहुने अवस्था सृजना भएको स्रोतले सिधाकुरालाई बतायो ।

Ncell
Extreme Energy

‘बिहीबार बेलुकासम्म सबै ठिकै थियो, शुक्रबार सामान्य कुराकानी गरेर सम्झौताको तयारी थियो। जसमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने र उनले भनेका राम्रा मान्छेहरूलाई निर्वाचनमा सहभागी गराउने,’स्रोतले सिधाकुरासँग भन्यो,‘तर,उहाँहरुले अचानक पार्टीको पदाधिकारी देखि निर्वाचनसम्म नै प्रतिशतमा हिस्सेदारी माग्नुभयो ।’

नेताहरुकाअनुसार प्रतिशत कति भनिएको छैन् तर पदाधिकारी, केन्द्रिय समिति लगायतका पार्टी संरचना र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पनि प्रतिशतमै बालेन समूहले हिस्सेदारी खोजे । 

छलफलमा सहभागी रास्वपा नेताकाअनुसार बालेन र जेनजीका राम्रा मान्छेलाई बालेनकै सिफारिसमा पार्टी र निर्वाचन प्रक्रियामा सहभागी गराउन रास्वपा तयार थियो । तर, प्रतिशतमा जस्तो पनि मान्छे पार्टी र निर्वाचनमा छिराउने कुरा रास्वपालाई मान्य छैन । 

रास्वपासँग वार्तामा रहेका बालेन पक्षले पनि शनिबारका लागि रास्वपा सभापति रविसँगको भेट अनिश्चित भएको सिधाकुरालाई बतायो । उनीहरूले आफुहरुले राखेको मागबारे भने खुल्न चाहेनन्। 

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...