नेभिगेशन
समाज

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

अन्तत काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेन रास्वपा प्रवेश गरेका छन् । आइतबार बिहान रास्वपा र बालेन बीच ७ बुुँदे एकता सहमति भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमतिअनुसार रवि पार्टी सभापति रहनेछन् भने बालेनलाई रास्वपाले आगामी निर्वाचनमा सहभागी गराएर संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बनाउने छ।

Ncell
Extreme Energy

सहमतिले बालेन र उनका समूहका व्यक्तिहरूलाई रास्वपामा गोलबद्ध हुने र क्रमश त्यसलाई पार्टीमा अनुकुल समायोजन गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।    

एक साता देखि सुरु भएको सहमतिको प्रयास लगभग विफल भएर नेताहरूले आस मारिसकेको अवस्थामा पुनः जुटेर आइतबार बिहान सहमतिमा हस्ताक्षर भएको सहमतिका लागि रातभर बैठकमा बिताएका रास्वपा उपसभापति डोलप्रसाद अर्याल डीपिले सिधाकुरालाई बताए । 

उपसभापति अर्यालकाअनुसार शनिबार राति साढे ९ बजेबाट कमलपोखरीस्थित जी २१ डिजिटल स्टुडियोको कोठामा सुरु भएको सघन वार्ता बिहान ४ः १५ मा सहमतिमा हस्ताक्षर हुने अवस्थामा पुगेको थियो ।

बैठकमा रास्वपाकातर्फबाट सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपि अर्याल र डा।स्वर्णिम वाग्ले, रवि बालेन वार्ताका लागि लामो समयदेखि घनिभूत छलफलमा रहेका सचिवालय सदस्य एवम् नेता शिशिर खनाल र केन्द्रीय सदस्य आसिम शाह सहभागी थिए । 

यस्तै, बालेनकोतर्फबाट मेयर बालेन, उनका सल्लाहकार कुमार बेन, भुपदेव शाह, निर्माता निर्देशक आसिफ शाह तथा अर्का निर्देशक एवम् कलाकार निश्चल बस्नेत सहभागी थिए ।

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र  शमशेर जबरा र उनका निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरा सहित उनका भाइ प्रभुशमशेर जबरा एवं ज्वाइँ नाता पर्ने नवीन बस्नेत, नारायण दाहाल, दिपक तिमल्सिना र नवराज थपलियाको घरमा खोजतलास गरेको हो ।
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...