नेभिगेशन
समाज

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

काठमाडौँ । आइतबार बिहान सबै आँकलन, मिडिया ट्रायल र बजार हल्लाहरुलाई चिर्दै रास्वपा र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमति भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान ४ बजेर १५ मिनेटमा रवि र बालेनले गरेको सहमति अनुसार रविले रास्वपा सम्हाल्ने छन् भने बालेन रास्वपाकाेतर्फबाट निर्वाचनमा होमिएर प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । जेनजी आन्दोलनलाई स्वीकार गर्दै सहमतिले सहिदको सपना पुरा गर्ने र देशलाई १० वर्षमै मध्यम आय भएको मुलुक बनाउने घोषणा पनि गरेको छ । 

Ncell
Extreme Energy

२२ महिना देखि एकअर्कासँग नबोलेका रवि र बालेन गत साता एकाएक एक बैठकमा रातभर बसेर एउटै गाडीमा बाहिरिएका थिए । त्यसको ठिक एक सातामा आज रवि बालेन औपचारिक रुपमा रास्वपामा एक भएका छन् । 

यो सबै प्रक्रियामा शून्य देखि काम सुरु गरेर शतप्रतिशत नतिजामा पुर्याउने नेता मध्येका एक थिए शिशिर खनाल । रास्वपाका सचिवालय सदस्य खनाल विघटित प्रतिनिधिसभाका सदस्य हुन भने पूर्व शिक्षामन्त्री पनि हुन् । 

जेनजी आन्दोलन पछिको संक्रमणमा देशलाई निकास दिन वैकल्पिक शक्तिको बलियो पार्टी बनाउन कम्मर कसेर लागेका खनालले अन्तत आइतबार बिहान ४ बजेर १५ मिनेटमा त्यो प्रणलाई सहमतिको यथार्थमा बदलेरै छाडे ।

सहमति लगत्तै सिधाकुरासँग कुरा गर्दै खनालले लामो श्वास फेरेर भने ‘आशा र सम्भावनाका बीच आएको निराशालाई चिर्दै फेरि सहमति गर्यौँ । सबैलाई शुभबिहानी ।’

खनालका अनुसार जेनजी आन्दोलन पछिको विकसित राजनीतिक घटनाले वैकल्पिक शक्ति मिल्नै पर्ने अवस्था थियो । रास्वपा वैकल्पिक शक्तिको मियो थियो तर अन्य वैकल्पिक शक्ति धेरै थिए । 

जसमध्ये काठमाडौँका मेयर बालेन्द्र शाह र रास्वपा मात्रै एक ठाउँमा उभिने हो भने बलियो सन्देश जाने र अन्य शक्तिलाई बिस्तारै मिलाउन सकिने अवस्था थियो । तर, रवि बालेन भनेको लोकप्रियताको शिखरमा रहेका दुई सिंह थिए जसलाई एकै कोठामा बैठक राख्नसमेत सहज थिएन पार्टीमै एक भएर बस्न त परको कुरा ।

तर, शिशिर आफू त रविको निकै निकटमा थिए नै उनी बालेनको क्लोज सर्कलमा छिरेर एकताका पहल थाले । आफ्नै पार्टीका केन्द्रिय सदस्य असिम शाह,उनका दाई आसिफ शाहसँग मिलेर खनालले कुमार बेन र निश्चल बस्नेतमार्फत रवि र बालेनलाई एउटै कोठामा बार्ताका लागि ल्याइछाडे । 

सोहीअनुसार गत आइतबार असिम र आसिफको अफिस कमलपोखरीको स्टुुडियोमा रवि र बालेनबीच सात घण्टा बार्ता भयो । सो बार्ता खासमा सकारात्मक नभए पनि रवि र बालेन एउटै गाडीमा बसेर बाहिरीएको दृश्यले राजनीतिक दुनियाँमा नयाँ छटपटि ल्याइदियो ।

तर,खनाल र उनको टीमले सहकार्यको पहल भने रोकेन । दुई नेता बीचको बैठकको सारमा रहेर खनाल र कुमार बेनले सहमतिको खाका बनाए । तर,यही बीचमा सहमति रोक्न घनघोर मिडिया ट्रायल देखि अनेकन शक्ति लागे । 

बालेनलाई एक्लै जान प्रोत्साहन देखि रास्वपामा जाँदाको थ्रेटसम्मका विषयले सहमतिमा दरार ल्याउन प्रयास भइसकेको थियो । तर, आन्तरिक रुपमा स्वर्णिम वाग्लेसहितका नेताहरु सहमतिको पहलमा छिरेर एउटा आकार भने बिहीबार बेलुका आयो ।  

बिहीबार ज्वागलमा रवि र बालेनको भेट पछि सहमतिको खाका नै तयार भएको थियो । नेता खनालका अनुसार आज भएकै सहमति सो दिनको खाका थियो ।

‘जसअनुसार सके बिहीबार बेलुका नभए शुुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी थियो । तर, रोकियो,’ खनालले भने, ‘एकातिर बालेनले विभिन्न शक्तिसँग रिले भेटघाट सुरु गर्नु र यता भएका सहमतिमा उल्झनहरु आउनुले सहमतिमा दरार पैदा गरेको थियो ।’

खनालका अनुसार सहमति हुने भनिएको शुक्रबारको साँझ त बालेनपक्षबाट फरक फरक मागहरु सहमतिमा थपिए । शुक्रबार विभिन्न चरणको छलफल पछि पुनः शनिबार पुरानै सहमतिमा अघि बढेर जाने तयारी भए पनि बालेन पक्षबाट कुनै सम्पर्क नहुँदा आशंका पैदा भएको खनाल बताउँछन् । 

‘दिनभर बालेन पक्षको फोन कुुरेर बसेँ, फोन आएन । दिन यसै बर्बाद भयो भन्ने भयो । त्यसपछि बरु अब फिल्म हेर्न जान्छु भन्दै टिकट काटे,’ खनालले सिधाकुरासँग भने, ‘तर, एक्कासी राति फोन आयो । रविजी पनि आउँदै हुनुहुन्छ अब पुरानै ठाउँमा ९ बजे बसौँ ।’ 

खनालका अनुसार त्यसपछि भेला भएर रातभर भएको छलफलले सहमतिको निकास निस्कियो । उनका अनुसार एक अर्काका बीचमा रहेको आशंका चिर्दै सहमतिको वातावरण बनेको हो । 

‘सहमतिको मुल उद्येश्य वैकल्पिक शक्ति एक भएर देशको मुहार फेर्ने र सहिदको सपना पुरा गर्ने भन्ने नै हो,’ खनालले सिधाकुरासँग भने ।उनका अनुसार यो सहमतिका लागि रास्वपाका सभापति देखि उपसभापतिद्धय र नेता असिम शाह दिनरात खटिएका छन् ।

यस्तै, बालेनका सचिवालयमा रहेका कुमार बेन, भुपदेव शाह, बालेनका साथी एवम् रास्वपा नेता असिमका दाजु आसिफ शाह र कलाकार निश्चल बस्नेतको खास भूमिका छ । 

सम्बन्धित समाचार

रवि र बालेनको भेटवार्ता 

Breaking: रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

रवि-बालेन सहमतिमा दरारः भइसकेको सहमति तोडेर एकाएक बालेन पक्षले माग्यो पार्टीदेखि निर्वाचनमै प्रतिशतमा हिस्सा

BREAKING: रातभरको बैठकपछि रास्वपा र बालेनबीच सात बुँदे सहमति

रवि बालेन सहमतिपछि स्वर्णिम वाग्ले: बालेन्द्र शाह अब रास्वपा नेता

कमलपोखरीमा रवि बालेन सहमतिका मध्यरात ६ घण्टा ४५ मिनेट

जनताको आशा र चाहनाअनुसार रवि-बालेन एकै ठाउँमाः उपसभापति डीपि अर्याल

नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो सहमतिः रवि लामिछाने

सहमतिमा दरार पछि शनिबार साँझ निरास भएर फिल्म हेर्न जाँदै थिए शिशिर तर फोन आयो...

 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

उक्त फैसलामा यो प्रकरणका मुख्य प्रतिवादी भनिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । अन्य अभियोगमा भने झाले सफाई पाएका छन् । प्रतिवादी रामशरण के.सी.बाट २...
नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

उक्त मुद्दामा ७ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा रामशरण के.सी., टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्...
बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

त्यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकिकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।
कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना  !

कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना !

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो दुई दशकभन्दा बढी समय फुटबल खेले । धेरै समय विपक्षीबाट लगातार दबाबबीच पनि टिमलाई संकटबाट मुक्त गराए । त्यही दुई दशकका धेरै...